नेपालगन्ज : उच्च सरकारी वकिलको कार्यालय नेपालगन्ज र जिल्ला सरकारी वकिलको कार्यालय बाँकेको संयुक्त आयोजनामा जि-भि-एन- मा-वि- नेपालगन्जमा समुदायमा सरकारी वकिलको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
उक्त विद्यालयमा संचालन भएको कार्यक्रममा सहभागी हुनु भएका प्रमुख अतिथि सहन्यायाधिवक्ता श्री कृष्णराज पन्त तथा अन्य वक्ताहरु उपन्यायाधिवक्ता श्री बाशुदेव शर्मा, सहायक न्यायाधिवक्ताहरु श्री शिवराज पौडेल र श्री लोक बहादुर रावल तथा अधिवक्ता श्री लोक बहादुर शाहलाइ जि भि एन कलेजमा कानुन संकाय कक्षा ११ र १२ मा पढने विद्यार्थीहरुले आफुलाइ लागेको विभिन्न प्रश्नहरु सोधिसकेपछि सो जवाफ प्रमुख अतिथि लगाएतको बक्ताहरुले विद्यार्थीहरुलाइ प्रश्नको जवाफ दिनु भएको थियो ।
सोही कार्यक्रममा विद्यार्थीहरुको जवाफ दिने क्रममा सहन्यायाधिवक्ता श्री कृष्णराज पन्तले विद्यार्थीहरुलाइ तपाईंहरु नै भविष्यको वकिल, न्यायाधीश भएकोले राम्रोसँग पढाइ गर्न समेत सुझाव दिनु भएको थियो।

उक्त विद्यालयका सिइयो गणेश भण्डारीले आफ्ना विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पढाइ साथसाथै विभिन्न अदालतहरुमा भिजिट, बहस सुनाउने, लगायतका कार्यक्रममा सहभागी गराउदै आइरहेको र सो कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
विद्यालयका संयोजक खुमलाल शर्माले उक्त विद्याहरुसित वकिलको भूमिका कार्यक्रम ल्याउनु भएकोमा उच्च सरकारी वकीलको कार्यालय, जिल्ला सरकारी वकीलको कार्यालय र सहयोगी भूमिका खेल्नुहुने कानुन संकायका शिक्षकहरु कुल बहादुर भण्डारी, जयराज जैसी, लेखराम श्रीवास्तव लगायतको टीमलाई धन्यवाद दिनु भएको थियोे ।
