नेपालगन्ज टेक्निकल कलेजका विद्यार्थीहरुद्वारा शैक्षिक प्रदर्शनी, एक हजार बढीले गरे अवलोकन

नेपालगंज बिशेष शिक्षा

नेपालगन्ज : प्राविधिक शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल बाँकेको नेपालगन्जमा रहेको नेपालगन्ज टेक्निकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी गरेका छन् । जसमा अभिभावक र विभित्र विद्यालयका विद्यार्थीहरु गरेर एक हजार बढीले अवलोकन गरेका छन् ।

सामान्य चिकिस्ता, ल्याव टेक्निसियन, कम्प्युटर इन्जिनियरिङ , सिभिल ओभरसियर , अमिन विषय अध्यापन हुने कलेजको प्राङ्गणमा भएको शैक्षिक प्रदर्शनीमा २२ किसिमका शैक्षिक प्रदर्शनी विद्यार्थीले देखाएका थिए । जसअन्तर्गत विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुद्वारा स्मार्ट कलेज म्यानेजमेन्ट सिस्टम, स्मार्ट एयर, रियल टाइम ईयर मोनिटरिङ, फायर फाइटिङ, परिवार नियोजनका सामग्री, भुकम्प प्रतिरोधात्मक घर निर्माण , सेन्सर सिस्टम गेट लगायतका प्रदर्शनी देखाएका थिए ।
सोमबार बिहान ७ बजेदेखि देखाएको शैक्षिक प्रदर्शनी अभिभावक तथा अन्य विभिन्न विद्यालयका विद्यार्थीहरु गरेर एकहजार बढीले अवलोकन गरेको कलेजकि प्रिन्सिपल ईन्जिनियर रेश्मि भट्टले बताउनुभयो ।

उक्त प्रदर्शनी उत्कृष्ट बनाएर देखाएका ग्रुपलाई नगद रकम सहित प्रमाणपत्र प्रदान गरिएको थियोे । कार्यक्रम एच ए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी वकिल नेपाली र  शान्ति चलाउने सञ्चालन गरेका थिए । उक्त  कार्यक्रमको सभापति कलेजकि प्रिन्सिपल ईन्जिनियर रेश्मि भट्टले गर्नु भएको थियो भने  प्रमुख अतिथिका रुपमा नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षा प्रमुख गोरख बहादुर थापा, विशिष्ट अतिथिका रुपमा कलेजका एम.डी. किशोर कुमार पाण्डे, विशिष्ट अतिथिमा  भेरी कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल ईन्जिनियर छिनिङ लाल थापा मगर, बाके बागेश्वरी कलेजका प्रिन्सिपल बिरेन्द्र साउथ, कलेजमा अध्यापन गर्ने शिक्षक शिक्षिका, कर्मचारी   लगायतका अतिथिहरु  अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *