नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको तर्फबाट लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री माननीय शंकर पोखरेलज्यु लाई आज एक ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।
कोभिड-१९ को दोश्रो लहरले समस्यामा परेका श्रमिकका समस्याहरुलाई प्रदेश सरकार मार्फत समाधान गराइदिने लगायत विभिन्न १७ बुँदे माग सहित आज ज्ञापनपत्र बुझाइएको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हरी कार्कीले बताउनुभयो ।
उक्त ज्ञापनपत्र बुझाउन जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज कमल गौतम , लुम्बिनी प्रदेश सङ्गठन कमिटीका अध्यक्ष हरि कार्की र सचिव हुमाकान्त काफ्लेको उपस्थिति रहेको थियोे ।

ज्ञापनपत्रमा दैनिक गुजारा चलाउन नसक्नेहरुको पहिचान गरि राहत उपलब्ध गराउनुपर्ने, स्वास्थ्यकर्मीहरुलाई शतप्रतिशत भत्ता उपलब्ध गराउनुपर्ने, ब्युटिसियन, रिक्सा चालक, होटल व्यवसाय लगायतका व्यापार ठप्प भएको अवस्थामा उनीहरुलाई राहात उपलब्ध गराउनुपर्ने लगायतका १७ बुदे माग रहेको छ ।
हेर्नुहोस् माग :



