केपी घिमिरे – नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन लागेको निर्वाचनमा सदस्य पदमा उम्मेदवार उठेका तोप बहादुर थापाले २०५१ साल फाल्गुन महिना देखि सानो घुम्ती पसलबाट सुरु गरेका थिए । सुरुमा १७०० को सामान हाली व्यापार सुरु गरेका थापाले ५ वर्ष जति उक्त घुम्ती पसल सञ्चालन गरेका थिए ।
त्यसपछि वि.स. २०५६ सालबाट सटर भाडामा लिएर व्यापार गरेका थापाले वि.स. २०५८ साल देखि मैले प्रजोल कोल्ड स्टोर फर्म दर्ता गरि स्वदेशी मदिरा व्यवसायको कारोबार पनि सुरु गरेका थिए ।

केही समयपछि नेपालगन्ज उपमहानगरपालिका १६ हाल वडा नं १२ नेपालगन्ज मेडिकल कलेज नजिकै वि.स. २०६४ सालमा घर निर्माण गरेपछि उहाँले आफ्नै घरमा व्यापार व्यवसाय अहिलेसम्म पनि निरन्तर गर्दै आइरहेका छन् ।
त्यसपछि २०७० साल जेष्ठ महिनादेखि हस्पिटालिटी क्षेत्रमा सेवा गर्ने उद्देश्यले सि एस टी होटल एन्ड पार्टी प्यालेसको नामबाट सञ्चालन गरेका अहिलेसम्म पनि उक्त होटल सञ्चालन रहिआएको छ । थापाले सोही समय २०७० सालदेखि नै आरजु फार्मेसी सञ्चालनमा लिएर ६ बर्ष पेशा जति उक्त सेवामा आवद्ध रहेर सेवा दिएका थिए ।
त्यस्तै उहाँले २०७१ सालमा २ वटा नगरबस सञ्चालनमा लिएर नगरबासीहरुलाई सेवा दिएका थापाले शिक्षा क्षेत्रमा पनि हात हाली हालसम्म पनि सरस्वती इन्लिश मिडियम स्कुलमा संस्थापक शेयर सदस्यका रुपमा रही सेवा दिइरहेका छन् ।
उनी नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन लागेको निर्वाचनमा समावेशी प्यानलमा टंक बहादुर धामीको प्यानलबाट सदस्य पदमा उम्मेदवार दिएका छन् उनले आफ्नो टिमले जित हासिल गरेमा सम्पूर्ण उद्योगी व्यवसायीहरुको हकहितका लागि दत्तचित्त भएर लागि पर्ने बताएका छन् । उनलेे आफ्नो टीमलाई मतदान गरि विजय गराउनका लागि बाँकेका सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।
