नेपालगन्ज : प्रायःजसो चाडपर्व नजिकिँदै गर्दा चोरीका घटना पनि बढ्दै जाने गरेको हुन्छ गएराति नेपालगन्ज उपमहानगरपालिका वडा नं १० अन्नपूर्ण टोलमा नगद दुई लाख सहित ५ तोला जति सुन र केही चाँदीका गरगहना चोरि भएको छ ।
स्थानीय धम्रेन्द्र कुमार सिंहको घरमा रातको करिब पौने १० बजेतिर घरमा कोही नभएको मौका छोपी चोरले घरको मुल ढोकामा लगाइएको ताला फोडेर भित्र प्रवेश गरि दराजमा भएको गरगहना र नगद दुईलाख रुपैयाँ लगेर फरार भएका छन् । चोरी गरेर भाग्दै गर्दा घरका मान्छेले देखेपछि तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेका थिए ।

घरबेटी घरबाट ससुरालीमा गएको मौका छोपेर चोरी भएको पिडित सिंहले बताए । हामी बुढाबुढी ससुरालीमा गएका थियौँ छोराहरु पसलमा थिए पसल बन्द गरेर आउँदा भन्दा अगाडि नै चोरी भएको उनले बताए । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको पुरानो भत्किएको होस्टेलमा बसेर लागू औषध सेवन गर्नेको भिडभाड रहने स्थानीयले बताए । त्यही मध्ये कै बाट चोरी भएको हुनसक्ने स्थानीयको भनाइ रहेको छ ।
सोमबार बिहान १० बजे प्रहरीले घरमा आएर घटनास्थल मुचुल्का तयार पारेर लगेको छ प्रहरी गएको केही समयमै उक्त क्याम्पसको पुरानो भत्किएको होस्टेलमा दुईजना नसा खादै गर्दा भेटाएर स्थानीयले प्रहरीलाई बुझाएको बताएका छन् ।
स्थानीय बासिन्दाले उक्त भत्किएको क्याम्पसको होस्टेलमा तारबार गर्न क्याम्पस प्रशासनलाई निवेदन दिने र वडा प्रहरी कार्यालयलाई नियमित गस्तीको लागि अनुरोध गर्ने बताएका छन् ।