निर्वाचन अपडेट: नेपालगन्ज उद्योग वाणिज्य संघमा को को भए निर्वाचित ? हेर्नुहोस् सबैको नाम सहित

नेपालगंज बिशेष

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा समावेशी प्यानलका टंक बहादुर धामी विजयी भएका छन् ।

अध्यक्ष पदको उम्मेदवारमा आफ्ना प्रतिस्पर्धी साझा प्रजातान्त्रिक प्यानलका ललित रौनियारलाई ८९० मतको अन्तरले हराउँदै  धामी विजयी भएका छन् ।
त्यसैगरी उपाध्यक्ष पदमा उद्योग तर्फबाट चिरञ्जीवी वली, वाणिज्य तर्फबाट हरिलाल न्यौपाने, महिला उपाध्यक्ष पदमा मन्दिरा पाण्डे, महासचिव पदमा भिम रानाभाट, उपमहासचिव पदमा टेकबहादुर खड्का, कोषाध्यक्ष पदमा मक्खन बहादुर धामी निर्वाचित भएका छन् ।

सदस्य पदका उम्मेदवारहरुबाट समावेशी प्यानलबाट ७ जना विजयी भएका छन् भने साझा प्रजातान्त्रिक प्यानलका ३ जना सदस्यहरु विजयी भएका छन् ।

विजयी हुने सदस्यहरुमा समावेशी प्यानलबाट बिष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिरा कुमारी शाही, सुदन केसी, तोप बहादुर थापा, टिकामणि रिजाल शर्मा, बुद्धि बहादुर बि.क. रहेका छन् भने साझा प्रजातान्त्रिक प्यानलबाट शिबराज दाहाल, युवराज ढकाल, सन्तोष कुमार पौडेल रहेका छन् ।

त्यसैगरी एशोसियट सदस्य तर्फ समावेशी प्यानलबाट कमल कार्की र साझा प्रजातान्त्रिक प्यानलबाट प्रदिप कुमार गुप्ता विजयी भएका छन् भने  बस्तुगत सदस्य तर्फ  स्वतन्त्र उम्मेदवार किसन गुरुङ र साझा प्रजातान्त्रिक प्यानलबाट हिमनाथ  पौडेल र विनय श्रेष्ठ निर्वाचित भएका छन् । बस्तुगत तर्फका दुईवटा सदस्यको मत बराबर आएको हुदा आधा आधा कार्यकाल चलाउन पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *