बिहीबार सुनको भाउमा गिरावट, कतिमा भयो त कारोबार ?

अर्थ / बाणिज्य

बिहीबार नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । बिहीबार सुन ९० हजार ६०० रुपैयाँमा झरेको छ । बुधबार तोलामा ७०० रुपैयाँले सस्तिएर ९० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँ कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै सस्तिँदै ९० हजार एक सय रुपैयाँ कायम भएको जनाएको छ । 

चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले सस्तिँदै बिहीबार एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *