नेपालगन्ज : कर्णाली विकास बैंक घोटाला प्रकरणमा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र बाँकेबाट पक्राउ परेका छन् ।
पक्राउ परेका मिश्र जिविस सभापति भइसकेका व्यक्ति हुन् भने बाँकेको नेपालगन्ज उपमहानगरपालिका बाट २०७९ सालमा स्थानीय चुनावमा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए ।

बुधबार सीआईबीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताएको छ । मिश्र उक्त बैंकमा २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष भएका थिए ।