जे.एस. बोडिङ्ग स्कुलद्वारा अक्षराम्भको दिन ९३ जना बालबालिका भर्ना साथै  साइन्स एक्स्पो कार्यक्रम सम्पन्न


नेपालगन्ज : नेपालगञ्जको शहर नजिकै कोरियनपुर स्थित रहेको जे.एस. सेकेन्डरी स्कुलले बसन्त पञ्चमीको अवसरमा अक्षराम्भका कार्यक्रमका साथै साइन्स एक्जिबिसन समेत सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख छब्बन खानको प्रमुख अतिथ्यता रहेको थियो भने गाउँपालिका शिक्षा प्रमुख का साथै लुम्बिनी  प्रदेश सांसद नमुना के.सी.को समेत आतिथ्यता रहेको थियो। उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न किसिमका वैज्ञानिक तथा आधुनिक बस्ति विकासका सामग्रीहरूका साथै गणितीय सामग्री, वातावरणीय सामग्रीको आविष्कार  गरी प्रदर्शन, सांस्कृतिक कार्यक्रम र विद्यार्थी तथा अभिभावकलाई स्वास्थ्य परीक्षण समेत गरेको विद्यालयका प्रिन्सिपल रेवती प्रसाद देवकोटाले बताउनुभयो ।

वसन्त पञ्चमीको अवसरमा विद्यालयमा उत्साहजनक रुपमा करिब १५ सय अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो भने सोही कार्यक्रममा ९३ जना बालबालिकाहरूले अक्षराम्भ कार्यक्रममा सहभागिता रहेको थियो ।

नेपालगन्ज क्षेत्रकै विश्वसनीय तथा शैक्षिक गुणस्तरमा चिनिएको विद्यालय जे.एस. सेकेन्डरी स्कुलले भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको  सोही विद्यालयका  प्रबन्ध निर्देशक महेन्द्र बहादुर सेढाईले जानकारी दिनुभयो उक्त कार्यक्रममा सोही विद्यालयका सञ्चालक समितिका अध्यक्ष तेजबहादुर थापाको सभापतित्वमा कार्यक्रम  भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *