सिर्जना बुढाको हत्याप्रति अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्च र माहुरीहोमको ध्यानाकर्षण

नेपालगंज बिशेष विचार/व्लग

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२   कोरियनपुरमा चैत १४ गते राति  सिर्जना बुढामगरकाे  हत्याकाे घटनाप्रति अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्चकाे गम्भीर ध्यानाकर्षण भएको छ। घटनालाई गम्भीरतापूर्वक अध्यन अनुसन्धान गरि दाेषी माथि कडा कारवाही गर्न सरकारसंग अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्च बाँके जोडदार माँग गरेको छ  ।

उक्त  दुखद घटनाको घोर भत्सर्ना गर्दै घटना प्रति गहिरो दुख व्यक्त गर्दछौ । मृतकको चिरशान्तिको कामनाको साथै सोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

घटनाका दाेषी जोसुकै भएपनि यथाशिघ्र कानुनी कारबाही अघि बढाउँदै सुरक्षा व्यवस्था सुदृढ बनाउने तर्फ जिल्ला स्थित प्रहरी प्रशासनको समेत ध्यानाकर्षण गराउँदछौँ विज्ञप्तिमा भनिएको छ।
साथै, यस्ता दुःखद र अपराधिक घटनाहरू भविष्यमा हुन नदिनका लागि आफ्नो छरछिमेक, वरपर कसैले शंकास्पद अपराधिक योजना बनाइरहेको वा कुनै किसिमका अस्वभाविक गतिविधिहरू गरिरहेको भन्ने शंका लागेमा अथवा सूचना पाएमा तुरुन्तै सरोकारवाला निकाय/व्यक्तिलाई खबर गरी जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्न पनि सबैसँग अपिल गर्दछौं ।  
                                                                                      संस्थाका अध्यक्ष काैशल कुमार धाेवीले विज्ञप्ति निकालेका हुन् ।
त्यसैगरी मानवअधिकार गृह माहुरीहोमका बाँके जिल्ला अध्यक्ष दिनेश ठाकुरले पनि विज्ञप्ति जारी गर्दै द‍‍ोषीलाई तत्काल कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *