नेपालगन्ज उपमहानगरपालिका १२ मा माओवादी केन्द्रको भोलि स्वास्थ्य शिविर

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तीन महिने घरघरमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत भोलि नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्र वडा नं १२ कमिटीद्वारा नाक कान घाँटी र दात सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

उक्त वडामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा ठीक ११ बजेदेखि क्याम्प सुरु गरिने उक्त विशेष रुपान्तरण अभियानमा वडा नं १२ मा खटिनु भएको तारा कुमारी खत्रीले बताइन् । उक्त शिविरमा औसधि समेत निशुल्क वितरण गरिने र त्यहाँबाट रिफर गरिएका बिरामीहरुलाई अप्रेसन गर्नुपर्ने भएमा ५० प्रतिशत छुटमा गरिने बताइएको छ ।
नेकपा माओवादी केन्द्र वडा नं १२ का अध्यक्ष तिरथ चिडिमारका अनुसार ३०० बढी बिरामीले सेवा लिने अनुमान गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *