जिउँदै जलाएर मारिएकी सिर्जना बुढाको सम्झनामा  मानवता नेपाल बाँकेद्वारा श्रद्धाञ्जली सभा

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : शनिबार राति ११ बजे बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ क‍ोरियनपुरमा जिउँदै आगो लगाएर मारिएकी सिर्जना बुढा मगरको सम्झनामा स्थानीय बि.पी.चोकमा मानवता नेपाल बाँकेद्वारा श्रद्धाञ्जली सभा गरेको छ ।

दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै उक्त श्रद्धाञ्जली सभामा उपस्थित वक्ताले भनेका छन् । संस्थाका सचिव नेत्र प्रसाद सापकोटाले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष सुमन गिरी, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, मानवता नेपाल बाँकेका उपाध्यक्ष केपी घिमिरे, क‍ोषाध्यक्ष अजिज हलुवाई ,कानुन समाज सेवा नेपाल बाँकेका अध्यक्ष छत्र सुनारले शोक मन्तव्य राख्दै सरकारले कानुन संशोधन गरेर भएपनि यस्ता अमानवीय र क्रुर तरिकाले गरिएको हत्याका हत्यारालाई आजीवन सजाय दिनुपर्ने बताइएको छ ।

साथै कार्यक्रममा बोल्ने वक्ताहरुले उस्ता क्रुर हत्या गर्ने हत्यारालाई फासीको सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न रहेको शंकास्पद ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *