नेपालगन्ज उपमहानगरपालिकाका मेयर बिष्टलाई जिफन्ट बाँकेले बुझायो  ज्ञापनपत्र 


नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बाँकेको टीमले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई आइतबार तीन बुदे ज्ञापनपत्र  बुझाएको छ ।

श्रमजीवी श्रमिकहरुलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराइनु पर्ने, सम्पूर्ण करारका कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गराउनुपर्ने, उपमहानगरपालिका हाताभित्र र प्रत्येक स्थानीय तहमा श्रम डेस्क स्थापना गरिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो ।

जिफन्ट लुम्बिनी प्रदेशको कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तहमा बुझाउने कार्यक्रम अनुसार नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा पनि उक्त ध्यानाकर्षण पत्र बुझाइएको जिफन्ट बाँकेका अध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो । जिफन्ट नेता सुमन गिरी लगायतका नेता तगा कार्यकर्ताहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाएको बुढाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *