नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ मा वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका अजिज मलिकलाई स्थानीय जनताको साथ रहेको छ ।

चुनाव प्रचारप्रसारमा चुनाव चिन्ह लौरो साथमा लिएर मतदाताको घरदैलोमा पुग्दा अजिजलाई सबैले हामी तपाईंको साथमा छौं भनेर हौसला दिएको अजिजले बताए ।
स्नातक तह सम्मको अध्ययन गरेका अजिज सामाजिक सेवामा समेत सक्रिय रहेका छन् । उनी मानवता नेपाल बाँकेका सदस्य समेत हुन भने कहिले अस्पतालमा पैसाको अभावमा उपचार नपाएका बिरामीको साथमा राहात रकम लिएर पुग्ने गरेको, कोभिड महामारीको समयमा खाद्यान्न समेत वितरण गरेको अजिजले बताए ।
म स्पष्ट भिजन लिएर आएको छु यदि जनताले मलाई जिताइदिनु भयो भने नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सबै वडाहरु भन्दा नमुना विकास गरेर देखाउछु उनले नागरिक पथलाई बताए ।

