नेपालगन्ज- नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्यूरोको आयोजनामा आज बाँकेको नेपालगन्ज स्थित उद्योग बाणिज्य संघको हलमा “उत्पादन र समाजवाद” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ब्यूरो इन्चार्ज तथा नेकपाका केन्द्रिय सदस्य संगम सी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा स्थायी समिती सदस्य तथा केन्द्रिय स्कुलिङ्ग विभाग इन्चार्ज भरत सी ‘रणवीर’, त्यसैगरी अतिथिमा नेकपा पोलिट ब्यूरो सदस्य आस्था सी, अनेमसंघ क्रान्तिकारीका केन्द्रिय अध्यक्ष बन्धु सी, नेकपा केन्द्रिय सदस्य सिंघम सी, प्रबास ब्यूरो सदस्य तथा जिल्ला सेक्रेटरी महेन्द्र सी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य दीपक शाही,नेकपा(माओवादी केन्द्र)का जिल्ला सदस्य तारा खत्री,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला संयोजक मेघराज सुनार, रास्वपाका उपमहानगर प्रशिक्षण बिभाग इन्चार्ज पवन गौतम, बाँके जिल्ला शिक्षा अधिकारी राम सुरेश यादव, अडिट एसोसिएसनका अध्यक्ष भुवन प्रसाद गैरे र नेपालगन्जका पुराना कम्युनिस्ट भुपेन्द्र प्रकाश शर्मा लगायतको उपस्थितिमा उक्त कार्यक्रम भएको हो ।

नेकपाले तयार पारेको ‘उत्पादन र समाजवाद ‘ बिषयक कार्यपत्रलाई कार्यक्रममा आस्था सीले प्रस्तुत गरेपछि वक्ता भुवन गैरेले”कम्युनिस्ट पार्टीमा लागेका र परिवर्तनको आफ्नो सर्बस्व त्याग गर्न सक्ने मान्छे तर सत्ताको सानो स्वार्थ पाउने बित्तिकै किन भ्रस्टाचारमा लिप्त भएर सकिईका छन् यसको हल दार्शनिक रुपमै खोज्नुपर्ने बताउदै हामीले उत्पादन गर्ने बस्तुको लागतभन्दा आयात बस्तु सस्तो पर्न जान्छ भने के गर्ने ? यतापनी अलि बहस गर्नेकी ?भनेर प्रश्न गर्नु भएको थियोे ।
पुराना कम्युनिस्ट नेता भुपेन्द्र प्रसाद शर्माले वर्तमान सत्तासिन कम्युनिस्टलाई व्यंग्य गर्दै ‘तिमीलाई किन चाहियो रास्ट्रवाद’शीर्षकको कविता वाचन गरेर हललाई उद्देलित पार्नुभएको थियोे। त्यस्तै सहभागी वक्ताहरुले नेकपाले यो अन्तरक्रियाको माध्यमबाट विचारधारात्मक राजनैतिक मन्थन गराएकोमा धन्यवाद र खुशी ब्यक्त गरेका थिए।
उक्त कार्यक्रमका प्रमुख अतिथि भरत सीले आजको विश्व पुजिवादमा अनुत्पादक र दलाल चरित्र भएकोले समस्या बनेको छ।अहिले नेकपाले ज्ञान र बस्तु दुइ वटै उत्पादनमा जोड दिएको छ।समाजवादी राज्य व्यबस्थामा आत्मनिर्भर र अन्तरनिर्भर अर्थ व्यवस्था लागू हुने बताउदै गृहयुद्ध राष्ट्रिय युद्धमा विकास हुदैथियो त्यो क्रम नमिल्दा जनयुद्ध पुर्ण हुन नसकेको बताउनु भयो।
प्रमुख अतिथि भरत सीले यदि शान्ति ल्याउने हो भने समाजवाद ल्याउनु पर्ने र समाजवादमा जानेहो भने उत्पादन अपरिहार्य भएको ठोकुवा गर्नुभयो। नेकपा केन्द्रिय सदस्य एबम बर्दिया इन्चार्ज हिमशिखर सीले संचालन गरेको कार्यक्रममा अर्का केन्द्रिय सदस्य नारायण सीले स्वागत मन्तव्य राखेका थिए ।

