लागू औषध सहित बाँकेमा २४ वर्षीय युवक पक्राउ

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ बस्ने २४ वर्षीय गणेश नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *