नेपालगन्ज : देशमा नयाँ स्थिर सरकार बनेसंगै व्यापार व्यवसाय गर्नेको पनि दिनानुदिन बढ्दो क्रम रहेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा शुक्रबार हाम्रो मेघा मार्ट नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टद्वारा उद्घाटन गर्नुभयो ।
आफ्नो ८ औं व्यवसायको रुपमा सञ्चालन गर्न लाग्नु भएको सफल व्यवसायी मार्ट सञ्चालक निलराज अधिकारीले बताउनुभयो । उहाँको नेपालगन्जमा डिस्पोजल थालगिलास, कम्प्युटर इन्स्िटच्युट सेन्टर, फोटो स्टुडियो, भिडियो ग्राफि लगायतका व्यापार व्यवसाय सञ्चालनमा रहेका छन् ।

नेपालगन्ज १२, कोरियनपुरमा एक कार्यक्रममा बिच मेयर प्रशान्त विष्टले रिवन काटेर उद्घाटन गर्नुभएको थियो । उक्त उद्घाटन कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायत विभित्र संघसंस्थाका प्रमुखहरुको बाक्लो उपस्थित रहेको थियो ।
मार्ट सञ्चालक अधिकारीका अनुसार अन्य मार्टमा भन्दा सस्तो सुलभमा खाद्यान्न लगायतका सामाग्री उपलब्ध गराइने बताउनुभयो । उहाँका अनुसार अहिले ५ प्रतिशत डिस्काउन्ट दिएको बताउनुभयो । यहाँका स्थानीयलाई अन्य मार्टमा जानू नपर्ने गरि मूल्य कायम गरिएको उहाँले बताउनुभयो ।


