सन्जिबनी हस्पिटल नेपालगन्जद्वारा DEXA SCAN  मेसिन सञ्चालनमा

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको सन्जिबनी हस्पिटल एण्ड मेडिकल साइन्सेसले डेक्सा स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।
DEXA Scan (Bone Density Test) भनेको हड्डीको घनत्व (Bone Mineral Density) मापन गर्ने एकदमै सुरक्षित र छिटो परीक्षण गर्ने मेसिन हो। यसको पूरा नाम Dual-Energy X-ray Absorptiometry हो। आज एक कार्यक्रममा बिच उक्त हस्पिटलका प्रवन्ध सञ्चालक सन्तोष कुमार खनाल, बरिस्ठ चिकित्सक डा. एम. किदुवाई, लर्ड बुद्ध एजुकेशनल एकेडेमीका संस्थापक एम.डी. डा. सुरेश कुमार कनोडिया, हस्पिटलका मेसु डा. रोमन किदुवाई , कोहलपुर मेडिकल कलेजका सुचना अधिकृत रामकृष्ण हमाल लगायतको उपस्थितिमा रिवन काटेर उद्घाटन गरिएको हो ।
DEXA Scan केका लागि गरिन्छ?
कुनै व्यक्तिको हड्डी कमजोर (पातलो) भएको छ कि छैन भनेर  जाँच्न Osteoporosis (हड्डी खिइने रोग) पत्ता लगाउन, निकट
भविष्यमा हड्डी भाँचिने जोखिम कति छ भन्ने थाहा पाउन
औषधि उपचार कत्तिको प्रभावकारी छ भनेर हेर्न यस मेसिनले सहयोग गर्ने गर्दछ ।
यसको जाँच प्राय कसले गराउनुपर्छ?
५० वर्ष भन्दा माथिका महिला/पुरुषहरु, महिनावारी बन्द (Menopause) भइसकेका महिला, बारम्बार हड्डी दुख्ने वा सानो चोटमै भाँचिने समस्या हुने, लामो समय Steroid medications प्रयोग गर्नेहरूले गराउने गर्दछन् ।

यो मेसिनले शरीरका भाग (विशेषगरी कम्मर र नितम्ब) स्क्यान गर्छ यो गर्ने बेलामा कुनै पनि किसिमको  पीडा हुँदैन, १०–१५ मिनेटमै गर्न सकिन्छ ।
यो जाँचले गर्दा सुरुमै रोग पत्ता लगाउन सकिन्छ हड्डी भाँचिने जोखिम घटाउनमा सहयोग पुर्याउछ । समयमै रोगको पत्ता लागेर उपचार गर्न मद्दत पुर्याउछ ।

यदि कुनै व्यक्तिको  हात, खुट्टा वा ढाड दुख्ने समस्या छ भने DEXA Scan उपयोगी हुन सक्छ। सन्जिबनी हस्पिटलले अत्याधुनिक प्रविधि  सहितको सेवा दिइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदुवाईले बताउनुभयो ।

अस्पतालमा आधुनिक DEXA Scan सेवा, पुनर्स्थापना केन्द्र तथा ग्यास्ट्रोएन्टरोलोजी र हेपाटोलोजी सुपरस्पेशलिष्ट सेवा विस्तार गर्दै आज एक कार्यक्रमबीच उद्घाटन गरिएको अस्पतालका बरिस्ठ प्रशासकीय अधिकृत यमराज खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *