भ्रष्टाचार विरुद्धको सरकारको अभियानलाई समर्थनका लागि अखिल क्रान्तिकारी बाँकेको हस्ताक्षर अभियान

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : भ्रष्टाचारीका विरुद्ध सरकारको अभियानलाई समर्थनका लागि अखिल (क्रान्तिकारी) बाँकेको सप्ताहव्यापी वृहत् हस्ताक्षर अभियान उद्घाटन गरिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट सुरु गरिएको कार्यक्रमका प्रमुख अतिथि रुपमा संगठनका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ती मगरको उपस्थितिमा गरिएको हो ।

ठूलो ब्यानरमा उपस्थित विद्यार्थी नेता तथा विद्यार्थीहरुले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा केन्द्रिय सचिव तथा प्रदेश सह-इन्चार्ज तुल्सीमणि के.सी., अखिल क्रान्तिकारी बाँके जिल्ला अध्यक्ष महेश बस्नेत, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव हरेन्द्र बि.क. लगायत जिल्ला पदाधिकारी , क्याम्पस समिति र विद्यार्थीहरुको उपस्थितिमा गरिएको थियो ।

भाेलि देखि बाँके जिल्लाका सम्पुर्ण क्याम्पसहरुमा उक्त हस्ताक्षर अभियान सञ्चालन हुने जिल्ला सचिव सुनिल बटालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *