नेपालगन्ज : नेपालका युवा तथा प्रतिभाशाली वैज्ञानिक डा. जितु उपाध्याय तिमिल्सिना हाल क्यानडास्थित प्रतिष्ठित McGill University मा प्राध्यापकका रूपमा कार्यरत रहनु भएको छ। विज्ञान अनुसन्धान र शिक्षाप्रति उहाँको समर्पणका कारण उहाँ अन्तर्राष्ट्रिय स्तरमा चिनिनु भएको एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ।
आज उहाँ ब्रिटिस बोर्डिङ स्कुल नेपालगन्जमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई आफ्नो जीवन संघर्ष, अध्ययन यात्रा र सफलताका कथा सुनाउँदै प्रेरणादायी मन्तव्य दिनुभएको थियो । उहाँले नेपालबाट सुरु भएको आफ्नो शैक्षिक यात्रा कडा मेहनत, धैर्यता र दृढ संकल्पका कारण विश्वकै अग्रणी विश्वविद्यालयसम्म पुगेको अनुभव साझा गर्नुभयो।

कार्यक्रममा बोल्दै डा. तिमिल्सिनाले विद्यार्थीहरूलाई ठूलो सपना देख्न निरन्तर मेहनत गर्न र असफलताबाट नडराउन आग्रह गर्नुभयो। उहाँले ज्ञान केवल किताबमा सीमित नराखी नयाँ कुरा खोज्ने र सिक्ने बानी विकास गर्नुपर्नेमा जोड दिनुभयो।
विद्यालयको प्रशासन र विद्यार्थीहरूले उहाँको उपस्थित बिद्यार्थीहरुले उहाँको बिचार र अनुभवलाई प्रेरणाको रूपमा लिएका छन्।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले डा. जितु उपाध्याय तिमिल्सिनालाई हार्दिक धन्यवाद व्यक्त गर्दै बिधालयका अध्यक्ष निरज शाहले खादा ओडाएर सम्मान गर्दै उहाँ जस्ता प्रेरणादायी व्यक्तित्वसँग भेटघाट गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।
विद्यालयमा विद्यार्थीहरुलाई प्रेरक ब्यक्तिहरुको बारेमा जानकारी दिदा विद्यार्थीहरुलाई नौलो सिकाई हुने बिधालयका प्रधानाध्यापक हेमन्तराज काफले ले जानकारी दिनु भयो ।
