नेपालको आर्थिक प्रशासन र नीतिनिर्माणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वमध्ये एक हुन् रामेश्वर प्रसाद खनाल। लामो समयसम्म सरकारी सेवामा रहेर देशको वित्तीय व्यवस्थापनमा काम गरेका उनी एक अनुभवी अर्थशास्त्री र प्रशासकका रूपमा परिचित छन्। नेपालको आर्थिक सुधार, बजेट व्यवस्थापन राजस्व प्रणाली र सार्वजनिक वित्त व्यवस्थापनलाई व्यवस्थित बनाउने अभियानमा उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ।
अध्ययनशील अनुशासित र स्पष्ट दृष्टिकोण भएका खनाललाई धेरैले इमानदार र सिद्धान्तनिष्ठ व्यक्तित्वका रूपमा पनि सम्मान गर्छन्।
रामेश्वर प्रसाद खनालको जन्म पाल्पा जिल्लाको तानसेनमा भएको हो। सामान्य परिवारमा जन्मिएका उनले सानो उमेरदेखि नै शिक्षा र मेहनतलाई जीवनको आधार बनाए। ग्रामीण परिवेशमा हुर्केका उनले पढाइप्रति विशेष लगाव राखे र पछि उच्च शिक्षा हासिल गर्दै व्यवस्थापन तथा अर्थशास्त्रका विषयमा गहिरो अध्ययन गरे। यही अध्ययन र मेहनतका कारण उनले सरकारी प्रशासनिक सेवामा प्रवेश गर्ने अवसर पाए र आफ्नो जीवनलाई सार्वजनिक सेवामा समर्पित गरे।
सरकारी सेवामा प्रवेश गरेपछि खनालले अर्थ मन्त्रालय अन्तर्गत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाले। बजेट निर्माण, राजस्व व्यवस्थापन सार्वजनिक खर्च नियन्त्रण र आर्थिक नीति निर्माणजस्ता क्षेत्रमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे। उनी वित्त सचिवको पदसम्म पुगेर देशको आर्थिक प्रशासनलाई नजिकबाट सञ्चालन गर्ने अवसर पाए। आफ्नो कार्यकालमा उनले पारदर्शिता अनुशासन र जिम्मेवारीलाई विशेष महत्व दिएका थिए जसका कारण उनी एक दक्ष र इमानदार प्रशासकका रूपमा चिनिन थाले।
सरकारी सेवाबाट निवृत्त भएपछि पनि रामेश्वर प्रसाद खनाल आर्थिक सुधारको बहसमा सक्रिय नै रहे। उनले विभिन्न लेख अनुसन्धान तथा सार्वजनिक कार्यक्रममा नेपालको अर्थतन्त्र सुधारका उपायहरू प्रस्तुत गर्दै आएका छन्।

नेपालका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मन्त्रीको हैसियतमा प्राप्त हुने कूटनीतिक रातो पासपोर्ट फिर्ता गरेर एक फरक सन्देश दिएका छन्। सामान्यतया मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूले प्रयोग गर्ने यो विशेष पासपोर्ट सुविधा र हैसियतको प्रतीक मानिन्छ तर खनालले व्यक्तिगत सादगी र नैतिकता देखाउँदै उक्त पासपोर्ट फिर्ता गरेका हुन्। सार्वजनिक पद सेवा गर्ने जिम्मेवारी हो विशेष सुविधा उपभोग गर्ने माध्यम होइन भन्ने सन्देश उनको निर्णयले दिएको छ। नेपालको राजनीतिक संस्कृतिमा यस्तो उदाहरण दुर्लभ मानिन्छ त्यसैले यसलाई सकारात्मक र प्रेरणादायी कदमका रूपमा लिन जरुरी छ ।
नेपालमा अनावश्यक खर्च घटाउने उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने र आर्थिक अनुशासन कायम गर्ने विषयमा उनले निरन्तर आवाज उठाएका छन्। आर्थिक नीतिमा दीर्घकालीन सोच आवश्यक रहेको उनको धारणा रहँदै आएको छ।
देशको जटिल आर्थिक अवस्थाबीच उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको पनि चर्चा हुने विषय बनेको छ। यस्तो विषम परिस्थितिमा पनि निर्वाचन गराउन सफल मन्त्री हुन यस्तो चुनौतीपूर्ण समयमा अर्थ मन्त्रालय सम्हाल्नु आफैँमा ठूलो जिम्मेवारी हो। बजेट व्यवस्थापन विकास परियोजनाको प्रभावकारी कार्यान्वयन विदेशी लगानी आकर्षण तथा आर्थिक स्थिरता कायम गर्ने विषयमा उनले विशेष ध्यान दिनुपर्ने अवस्था रहेको थियो । अनुभव र ज्ञानका आधारमा देशको अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने क्षमता देखाउन सफल भएका छ्न ।
रामेश्वर प्रसाद खनालको जीवन यात्रा सामान्य परिवारबाट सुरु भएर राष्ट्रिय स्तरको आर्थिक नेतृत्वसम्म पुगेको प्रेरणादायी कथा हो। इमानदारी, अध्ययनशीलता जिम्मेवारीप्रतिको प्रतिबद्धताले उनलाई अलग पहिचान दिएको छ। नेपालको आर्थिक विकासको यात्रामा यस्ता अनुभवी र सिद्धान्तनिष्ठ व्यक्तित्वहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। भविष्यमा पनि उनले आफ्नो अनुभव र विचारका माध्यमबाट देशको आर्थिक सुधार समृद्धिका लागि योगदान दिन निकै जरुरी छ।
लेखक: हेमन्त राज काफ्ले सामाजिक अभियन्ता हुनुहुन्छ ।

