नेपालगन्ज : नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १२ हजार ५ सयले घटेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको जनाएको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५५ रुपैयाँले घटेर ४५४० मा कारोबार भइरहेको जनाएको छ । पछिल्लो समयमा सुनको मुल्य घट्ने क्रम बढ्दो रहेको छ ।

