नेपालगन्ज जसलाई कर्णाली र लुम्बिनीको प्रवेशद्वारका रूपमा चिनिन्छ आज विकास संस्कृति र पर्यटनका अनेकौं गतिविधिहरूले धड्किरहेको छ। यो धड्कनको पछाडि एउटा नाम निरन्तर गुन्जिरहेको छ उनी हुन् श्रीराम सिग्देल उनको जन्म वि.स. २०२९/५/१२ भिमाद नं. पा. १ किँहु हुँका , तनहुँ उनका बुवा स्व. गुरु प्रसाद सिग्देल र आमा अम्बिका देवि सिग्देल हुनुहुन्छ ।

उनी कलमका सिपाही भएर आफ्नो जीवन पत्रकारितामा अर्पण गर्ने संकल्पबाट सुरु भएको उहाँको जीवन यात्रा आज नेपालगन्जलाई नयाँ पहिचान दिने आन्दोलन बनेको छ। समाचार लेखेर सत्य उजागर गर्ने उहाँका अक्षरहरू अब योजनासहितका कर्ममा परिणत भएका छन्। नेपालगन्जलाई विश्वसामु चिनाउने, व्यवस्थित र आकर्षक सहरका रूपमा स्थापित गर्ने उनी भित्रको हुटहुटीले उनीलाई केवल पत्रकार मात्र होइन समाज रूपान्तरण गर्ने अभियन्ता बनाएको छ। गाउँगाउँका पीडालाई मुखरित गर्ने पत्रकारदेखि शहरलाई पर्यटन र संस्कृतिको राजधानी बनाउने योजनाकारसम्म पुग्नु उहाँको अथक यात्राको प्रयास हो।


सिग्देलले नेपालगन्जलाई चलायमान बनाउन गरेका कामहरूको दायरा निकै फराकिलो छ। उनले होटल कोल्टे खोलेर अर्गानिक खाना र स्वास्थ्यप्रति सजग जीवनशैलीलाई प्रवर्द्धन गर्नु भयो । यो होटल केवल खानपानको ठेगाना मात्र भएन यो स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र कृषिलाई प्रोत्साहन गर्ने नमुना पनि बन्यो।राम लिला मैदानमा आयोजना गरिएको कोटि होम होस् वा त्रिभुवन चोकको रैथाने परिकार मेला उनको सिर्जनशीलताको अर्को उदाहरण हुन । दुई दिनसम्म चलेको यो भव्य मेलाले नेपालगन्जलाई रैथाने स्वाद र संस्कृति चिनाउने अवसर बनायो। सडकमा भीड, परिकारको गन्ध र पर्यटकको उत्साहले नेपालगन्जलाई उत्सवमय बनायो। यस मेलाले शहरलाई आर्थिक र सामाजिक दृष्टिले सक्रिय बनायो भने सिग्देललाई पर्यटन सांस्कृतिक अभियन्ताको हैसियतमा स्थापित गर्यो। यसरी उहाँले नेपालगन्जलाई केवल व्यापारिक शहर नभई स्वाद, संस्कृति र सम्भावनाको शहर बनाउन थालनी गर्नु भएको छ ।
धार्मिक जागरण तथा बागेश्वरी धार्मिक तथा राप्ती तिर्थाटन पद यात्राको रेखा अनि बागेश्वरीको दशै फुलपाती कार्यक्रम योजनाहरु उत्कृष्ट छ्न।
धार्मिक आस्थासँग जोडिएको सिग्देलको अर्को ऐतिहासिक योगदान हो बागेश्वरी महा आरती। बागेश्वरी मन्दिर नेपालगन्जको सांस्कृतिक र धार्मिक केन्द्र हो तर यसलाई व्यवस्थित रूपमा प्रचार प्रसार गर्ने काम लामो समयसम्म हुन सकेको थिएन। सिग्देलले नियमित रूपमा महा आरती सुरु गरेर यसलाई धार्मिक पर्यटनको आकर्षणमा बदलिदिए। प्रत्येक सोमबार साँझ बागेश्वरीमा गुञ्जिने मन्त्र, दीप र भक्तजनको भीडले केवल धार्मिक वातावरण मात्र सिर्जना गरेन, यसले शहरमा अनुशासन आस्था र आकर्षण पनि थप्यो र महा आरती एक धार्मिक चेतनाको रुपमा देखिएको छ । यस अभियानले भारत र नेपालका भक्तजनलाई आकर्षित गर्दै दुई देशबीचको धार्मिक सांस्कृतिक सम्बन्धलाई मजबुत बनायो। साथै उहाँले आयोजना गरेका विविध कार्यक्रमहरूले नेपालगन्जलाई सीमावर्ती सहरी पर्यटनको केन्द्र बनायो। बर्फानी, सन्तानेश्वर, गोवर्धन धाम, भुवर भवानी मन्दिर, बाके राष्ट्रिय निकुञ्ज र बर्दियाका धार्मिक तथा पर्यटकिय क्षेत्र वरिपरिका सम्पदा क्षेत्रलाई प्रचार प्रसार गरेर उहाँले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने ठूलो काम गर्नु गरेका छन्।
पर्यटन प्रवर्द्धनका सन्दर्भमा श्रीराम सिग्देलले गरेका पहलहरू अझै प्रेरणादायी छन्। नेपालगन्ज पोखरा हवाई उडान सुरु गर्ने प्रयास ठाजुरद्वारा महा आरती अनि कैलाश मानसरोवर हवाइ दृष्य अवलोकन । नेपालगन्ज जनकपुर उडानका लागि पहल गर्न पनि उहाँको ठूलो योगदान छ तथा नेपालगन्ज दिल्ली हवाई सम्पर्क जस्ता महत्वाकांक्षी योजनामा पहल गर्नमा उहाँको प्रयास जारी छ्न । यी पहलले नेपालगन्जलाई केवल भौगोलिक तथा सदभावको सहर मात्र होइन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा गन्तव्यका रूपमा चिनाउने आधार निर्माण भएका छ्न । उनले आयोजना गरेको नेपालगन्ज पर्यटन सम्मेलनले शहरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्यो। पत्रकारिताबाट सुरुवात गरेर पर्यटन सम्मेलनसम्म ल्याउन सक्नु, वास्तवमै अद्वितीय यात्रा हो। उहाँले देखेका सपनाहरू केवल कागजमा सीमित छैनन् ती योजनामा रूपान्तरित हुँदै शहरलाई आकर्षक बनाउने दिशामा अघि बढिरहनु भएको छ । नेपालगन्जलाई कसरी व्यवस्थित बनाउने? कसरी पर्यटक भित्र्याउने? त्यसका जवाफ आफैं खोज्दै नया नया काम गरेर देखाउन सफल भएका छन् ।
श्रीराम सिग्देलको जीवन केवल व्यक्तिगत सफलताको कथा होइन यो नेपालगन्जलाई चलायमान बनाउने यात्राको गज्जवको सफल योजनाकारको कथा हो। पत्रकारितामा कलम चलाउनेदेखि उद्यमशीलता र सांस्कृतिक अभियान सञ्चालनसम्म उहाँले गरेका योगदानले नेपालगन्जलाई नयाँ गति दिएको छ। अहिले उनी राप्ती सिधनिया घाटमा बैकुण्ठ धाम निर्माणमा जुटिरहेका छन् ।जसले धार्मिक पर्यटनलाई अझ सशक्त बनाउनेछ। सिग्देलले नेपालगन्जलाई व्यवस्थित आकर्षक र सम्भावनाले भरिपूर्ण शहर बनाउने सपना बोकेका सिग्देलको त्यो सपना साकार पार्ने प्रयास आज देख्न सकिन्छ नेपालगन्जको भविष्यलाई उज्यालो बनाउने चलायमान बनाउने विश्वमञ्चमा फरक पहिचान बनाउन खोज्ने अद्वितीय नाम बन्न सफल व्यक्ति हुन् श्रीराम सिग्देल।
नेपालगन्जलाई पर्यटन संस्कृति र धर्मको केन्द्र बनाउन अहोरात्र खटिरहेका श्रीराम सिग्देलको योगदान अविस्मरणीय देखिएको छ् सम्पूर्ण मध्यपश्चिमलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध बनाउन आफ्नो जीवन अर्पण गरीरहेका छन् । उनका कार्यहरूले देखाउँछन् सपना देख्ने मात्र हैन त्यसलाई पूरा गर्ने साहस र लगन पनि चाहिन्छ। श्रीराम सिग्देल आजका दिनमा नेपालगन्जका लागि एक प्रेरणादायी व्यक्तित्वका रुपमा स्थापित हुन् जसले आगामी पुस्तालाई शहरलाई कसरी सुन्दर व्यवस्थित र विश्वसनीय बनाउन सकिन्छ भन्ने सन्देश दिएका छन् ।
काफ्ले सामाजिक अभियन्ता हुन् ।