बाँके क्षेत्र नं २ बाट नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई यश क्षेत्रका आवश्यकता भएका व्यक्ति हुन् । नेपालको समकालीन राजनीतिमा केही यस्ता व्यक्तित्वहरू छ्न जसले पद प्रतिष्ठा र शक्ति भन्दा पनि सेवा समर्पण र जनताको विश्वासलाई ठूलो ठान्दछ्न । राजनीतिलाई पेशा होइन दायित्व ठान्ने यस्ता प्रतिनिधि विरलै भेटिन्छन्। त्यस्तै इमानदार अनुभवी एक परिणाममुखी नेताका रूपमा चिनिनुहुन्छ पूर्व मन्त्री मोहम्मद ईस्तियाक राई। उहाँ केवल एउटा नाम मात्र होइन बाँके जिल्लाको विकास समावेशी लोकतन्त्रको आशा र भरोसाको एक चिनारी हुनुहुन्छ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणको संक्रमणकालदेखि नै उहाँ सक्रिय रूपमा राजनीतिक तथा सामाजिक आन्दोलनमा सहभागी हुँदै आउनुभएको छ। मधेस र तराई मधेसका जनताले दशकौंसम्म भोगेको विभेद उपेक्षा र असमानताको अन्त्यका लागि उहाँले निरन्तर संघर्ष गर्नुभएको छ। यही संघर्ष प्रतिबद्धता र जनसेवाले उहाँलाई आज राष्ट्रिय राजनीतिमा एक प्रभावशाली र सम्मानित नेताका रूपमा स्थापित गराएको छ।

बाँके जिल्लाको माटोमा जन्मिएर हुर्किनु भएका राईले आफ्नो जीवनको सुरुवात सामान्य परिवारबाट गर्नुभएको हो। साधारण पारिवारिक परिवेश सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिबाट अघि बढ्दै उहाँले शिक्षा र चेतनालाई परिवर्तनको आधार बनाउनुभयो। उहाँले सानैदेखि बुझेको कुरा के थियो भने समाज बदल्न ज्ञान साहस र सेवाभाव आवश्यक हुन्छ। यही विश्वासका साथ उहाँले स्नातकोत्तर तहसम्म अध्ययन गरी आफ्नो व्यक्तित्वलाई अझ परिपक्व बनाउनु भएको छ।
उहाँको जन्म २०३६ साल असोज २० गते बाँके जिल्लामै भएको हो। उहाँका पिता मुहैयुद्दीन राई र माता आरिफा बानो राई हुनुहुन्छ। पारिवारिक रूपमा उहाँ श्रीमती तरन्नुम बानो राईसँग सुखी दाम्पत्य जीवन बिताउँदै आउनुभएको छ र उहाँका तीन छोरा तथा एक छोरी छन्। बाँके जिल्लाको माटोमै जन्मिएर त्यहीँ समाजसेवा र जनहितका कार्यमा सक्रिय रहँदै आउनुभएका मोहम्मद ईस्तियाक राई स्थानीय समुदायमा परिचित र सम्मानित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। शिक्षाले उहाँलाई केवल प्रमाणपत्र मात्र दिएन समाज बुझ्ने दृष्टि दियो जनताको पीडा महसुस गर्ने संवेदना दियो नेतृत्व गर्ने क्षमता पनि दियो। यही कारणले उहाँ युवावस्थादेखि नै सामाजिक कार्यमा सक्रिय हुनुभयो। गाउँ समाजका समस्या सुन्ने गरीब र विपन्न वर्गको पक्षमा बोल्ने अन्यायका विरुद्ध आवाज उठाउने बानीले उहाँलाई बिस्तारै जनताको नेता बनायो। समाजसेवाबाट सुरु भएको उहाँको यात्रा विस्तारै राजनीतिमा रूपान्तरण भयो तर उद्देश्य सधैं एउटै रह्यो जनताको सेवा।
उहाँको राजनीतिक यात्रा स्थानीय तहबाट सुरु भएर राष्ट्रिय नेतृत्वसम्म पुगेको छ। प्रारम्भिक चरणमा उहाँले जनताको मन जित्न जनचेतना अभिवृद्धि र जनसम्पर्क विस्तारमा विशेष ध्यान दिनुभयो।
मधेस आन्दोलनका दिनहरूमा उहाँ अग्रपंक्तिमा उभिएर अधिकारको लडाइँ लड्नुभयो। मधेसी समुदायको पहिचान समान अधिकार र सम्मानित प्रतिनिधित्वका लागि उहाँले गरेका संघर्षहरू आज पनि मधेसवासीले स्मरण गर्छन्।
वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा बाँके–२ बाट विजयी हुनुभएको क्षण उहाँको जीवनको ऐतिहासिक उपलब्धि थियो। संविधान निर्माण जस्तो महत्वपूर्ण प्रक्रियामा प्रत्यक्ष सहभागी भएर उहाँले मधेसका आवाज उत्पीडित समुदायका माग र समावेशी राज्यउ व्यवस्थाको आवश्यकता राष्ट्रिय स्तरमा राख्नुभयो। त्यो समय उहाँ केवल एक सांसद मात्र होइन लाखौं जनताको प्रतिनिधि हुनुहुन्थ्यो।
त्यसपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट पुन निर्वाचित हुनुभयो। लगातार निर्वाचन जित्नु सामान्य कुरा होइन। यसले जनताले उहाँप्रति राखेको विश्वास माया र सम्मान झल्काउँछ। जनता केवल भाषण सुनेर मत दिँदैनन् काम देखेर मत दिन्छन्। राईले काम गरेर देखाउनुभएको छ, त्यसैले जनता उहाँको साथमा उभिएका छन्।
सरकारमा मन्त्रीका रूपमा उहाँको भूमिका अझ प्रभावकारी देखिन्छ। सन २०१८ मा प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हाल्दा उहाँले देशमै व्यवस्थित शहरीकरणको अवधारणा अघि सार्नुभयो। देशमै सुरक्षित आवास योजना, आधुनिक शहर निर्माण, सडक तथा ढल व्यवस्थापन, बस्ती सुधार कार्यक्रमजस्ता योजनाहरूलाई प्राथमिकता दिनुभयो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाल्दा उहाँ अझ सक्रिय देखिनुभयो। राष्ट्रिय सडक सञ्जाल विस्तार, पुल निर्माण, यातायात सुधार, ग्रामीण सडक स्तरोन्नति र विकास परियोजनाहरूलाई तीव्रता दिनुभयो। विकासलाई कागजमा सीमित नराखी व्यवहारमा उतार्ने उहाँको शैलीले सबैलाई प्रभावित बनायो। काम नगर्ने मन्त्री धेरै हुन्छन् तर काम गरेर देखाउने मन्त्री थोरै हुन्छन्। राई त्यही थोरै मध्येका एक हुनुहुन्छ।
विशेषगरी बाँके जिल्लामा उहाँको योगदान ऐतिहासिक नै मान्न सकिन्छ। नेपालगन्ज क्षेत्रको सडक विस्तार तथा कालोपत्रे ग्रामीण सडक सुधार, पुल निर्माण, विभिन्न योजनाहरु आवास कार्यक्रम, सरकारी भवन निर्माण, बजार व्यवस्थापन यी सबै कामहरूमा उहाँको प्रत्यक्ष पहल रहेको छ। सीमावर्ती जिल्ला भएकाले व्यापार यातायात र आवागमन सहज बनाउने योजनामा उहाँले विशेष ध्यान दिनुभयो।
नेपालगन्ज गुलरिया सडक सुधार, भेरी अस्पतालको आधुनिक भवन निर्माण, विभिन्न वडामा सडक स्तरोन्नति, आवास योजना कार्यान्वयन र बजार क्षेत्रको आधुनिकीकरणले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ। विकास भनेको यस्तै देखिने परिवर्तन हो र त्यो परिवर्तन बाँकेले महसुस गरेको छ।
नीतिगत रूपमा उहाँ समावेशी लोकतन्त्र समान प्रतिनिधित्व र सामाजिक सद्भावका दृढ पक्षधर हुनुहुन्छ। उहाँको विचारमा राजनीति भनेको झगडा होइन, समाधान हो सत्ता होइन सेवा हो। दलगत स्वार्थभन्दा माथि उठेर जनताको हितलाई प्राथमिकता दिनुपर्छ भन्ने उहाँको धारणा सधैं स्पष्ट देखिन्छ।
मोहम्मद ईस्तियाक राई केवल एक राजनीतिज्ञ मात्र होइन उहाँ मानवीय हृदय भएको व्यक्तित्व हुनुहुन्छ। जनताको दुःख सुखमा साथ दिने व्यक्तिगत रूपमा सहयोग गर्ने कसैलाई भेदभाव नगर्ने उहाँको व्यवहारले उहाँलाई अझ प्रिय बनाएको छ। उहाँसँग भेट्ने जो कोहीले उहाँको सरलता र विनम्रता महसुस गर्छ। पदमा पुगेपछि घमण्ड गर्ने होइन झन् झुक्ने स्वभाव उहाँको विशेषता हो। उहाँ कसैको पनि एक कल फोन मै उठाउने र बास्तबिक समस्या भए त्यसलाई निबारण गर्न लाग्नु हुन्छ जनताको भावना बुझ्ने नेता हुनुहुन्छ ।
उहाँले फरक फरक समयमा विभिन्न राजनीतिक दलबाट चुनाव लड्नुभएको भए पनि उहाँको मूल लक्ष्य कहिल्यै परिवर्तन भएको छैन। उहाँ सधैं जनताको पक्षमा उभिनुभएको छ। परिस्थिति बदलियो, समीकरण बदलियो तर उहाँको प्रतिबद्धता कहिल्यै बदलिएको छैन। अहिले सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिनु पनि उहाँको नयाँ राजनीतिक यात्राको निरन्तरता हो अझ व्यापक रूपमा सेवा गर्ने संकल्प हो।
आज बाँके जनताले खोजेको नेता भाषण गर्ने होइन काम गर्ने नेता हो। आश्वासन दिने होइन परिणाम दिने नेता हो। त्यस्तो नेता हुनुहुन्छ मोहम्मद ईस्तियाक राई। उहाँमा अनुभव छ क्षमता छ इमानदारिता छ र जनताको विश्वास छ।
यसैले भन्न सकिन्छ पूर्व मन्त्री मोहम्मद ईस्तियाक राई केवल एउटा उम्मेदवार मात्र होइन उहाँ विकासको प्रतीक विश्वासको आधार र समृद्ध भविष्यको आशा हुनुहुन्छ। बाँके र समग्र देशको समुन्नतिका लागि उहाँ वास्तवमै एक पहुँच भएको नेता र जनताको एक भरोसा हुनुहुन्छ ।
(लेखेक हरित तथा सामाजिक अभियन्ता हुन् )
