बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं २ मा चट्याङबाट दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् ।
उक्त चट्याङ लागेर घाइते भएका राप्तीसोनारी २ हरिहरपुर कि ३२ वर्षीया सम्झना वि.क. र ३२ वर्षीया वसन्ती उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्की घाइते सलिना के.सी.को उपचार भइ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई धान रोप्ने क्रममा चट्याङ लागेको थियो ।