सन्जिबनी अस्पताल नेपालगन्जद्वारा आमासुरक्षा कार्यक्रम सञ्चालनमा

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष स्थानीय तह स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको सन्जिबनी कलेज अफ मेडिकल साइन्सेस प्रा. लि. नेपालगन्जमा मंगलबारदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएको छ ।

तत्कालीन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज हुदा सञ्चालनमा रहेको उक्त कार्यक्रममा नेपाल सरकारले प्राइभेट मेडिकल कलेजमा नदिने भन्दै भेरी अस्पतालमा मात्रै सो कार्यक्रम सञ्चालनमा रहेको थियो । हाल सन्जिबनी कलेज अफ मेडिकल साइन्सेसका नाममा सञ्चालन रहेको उक्त अस्पतालमा उक्त आमासुरक्षा कार्यक्रम सञ्चालनमा ल्याए संगै स्थानीय बासिन्दाहरु हर्षित भएका छन् ।

भेरी अस्पतालमा आमा सुरक्षाका बिरामीको संख्या धेरै भएको हुदा बिरामीहरुले उक्त कार्यक्रमको सेवा लिन नपाइ महंगो शुल्क तिरेर डेलिभरी गराउने गरेका थिए । आज एक कार्यक्रममा विच नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र उक्त अस्पतालका प्रवन्ध सञ्चालक सन्तोष कुमार खनालले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । उक्त उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर स्वास्थ्य प्रमुख राम बहादुर चन्द, सन्जिबनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदुवाई, लर्ड बुद्ध एजुकेशन एकेडेमी लि. का उपनिर्देशक श्याम कुमार शर्मा, सन्जिवनी अस्पताल नेपालगन्जका मेनेजर कुमार अधिकारी, अस्पतालमा कार्यरत चिकित्सक, मेट्रोन, नर्सिङ कर्मचारी  लगायतको उपस्थिति रहेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत यमराज खड्काले बताउनुभयो ।

उक्त कार्यक्रम उद्घाटन पश्चात् अस्पतालका प्रवन्ध सञ्चालक सन्तोष कुमार खनालले यस अस्पतालमा सेवा लिन आउने बिरामीहरुले सस्तो, सुलभमा गुणस्तरीय सेवा पाउने बताउनुभएको थियो ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदुवाईले यस भेगमा सुत्केरी सेवा लिन आउनु हुने बिरामीहरुले अब छिटोभन्दा छिटो गुणस्तरीय सेवा पाउने बताउदै सेवा लिन अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *