बाँके क्षेत्र नं. २ मा कांग्रेसका युवा नेता शुधांन्सुको चर्चा, शानदार जित हुने आकलन

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

बाँके –  नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधांन्सु  कोइराला अत्याधिक मतसहित विजयी हुने आकलन गर्न थालिएको  छ।

लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्यमान्यतालाई आत्मसात र जेनजीहरुको भावनालाई कदर  गर्दै चुनावी मैदानमा उत्रनुभएका कोइरालाले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पराजित गर्दै स्पष्ट जित हासिल गर्ने बाँके क्षेत्र नं २ का मतदाताले बताएका छन् ।

आज उम्मेदवार दर्ता गरेपछि कोइरालाले  प्रतिक्रिया दिँदै  जित हासिल गरेपछि जनताको विश्वास र अपेक्षालाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

नेपाली कांग्रेसले यसपटक जेनजीहरुको मागलाई सम्बोधन गर्नेगरी उम्मेदवार उठाएको कोइरालाले बताए । उनले कांग्रेसले बाँके २ मा अत्यधिक मत सहित विजयी हासिल गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *