टंक बहादुर धामी नेपाली कम्युनिस्ट पार्टीबाट अलग, स्वतन्त्र नागरिकको घोषणा

मुख्य खबर



नेपालगञ्ज । तत्कालीन नेकपा माओवादी केन्द्र र हाल  नेपाली कम्युनिस्ट पार्टीमा  रहेका  नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष  टंक बहादुर धामीले पार्टी सदस्यता परित्याग गरी स्वतन्त्र नागरिकको रूपमा रहने घोषणा गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै धामीले आफू आजकै मितिबाट नेपाली कम्युनिस्ट पार्टीको  सदस्यता त्यागी स्वतन्त्र रूपमा रहने निर्णय गरेको बताएका हुन्। उनले उद्योगी–व्यवसायी, आम जनसमुदाय, बुवा–दाजुभाइ तथा दिदी–बहिनीहरूलाई जानकारी गराउने उद्देश्यले यो निर्णय सार्वजनिक गरेको उल्लेख गरेका छन्।

उनको यस निर्णयले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ। धामीले भविष्यमा कुन पार्टी  रोज्ने भन्ने विषयमा भने हालसम्म खुलासा गरेका छैनन्। उनी लामो समयदेखि उक्त पार्टीमा सक्रिय रुपमा लागेर काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *