नेपालगन्ज : सामाजिक कार्यमा सक्रिय रहेको पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो बार्षिक साधारणसभा बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । फाउन्डेसनले आफ्नो कार्यालयमा विविध कार्यक्रम गरी मनाएको हो ।
उक्त फाउन्डेसन कि अध्यक्ष तारा कुमारी खत्री रोकायले फाउन्डेसनको कार्यसमितिमा गौरी पोखरेल र शोभा गुरुङलाई सदस्यमा मनोनीत गरेको बताउनुभयो।

साथै फाउन्डेसनले केही समय अगाडि आगलागीबाट क्षतिग्रस्त भएको लुम्बिनी गार्मेन्टकी संचालिका कस्मिरा खातुनलाई रु ५००००/- पचास हजार आर्थिक सहयोग पनि गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।उक्त साधारणसभा कार्यक्रममा विद्यार्थी नेता तुल्सीमणि केसी, समाजसेवी कृष्ण प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियोे ।
