नेपालगन्ज : ७४ औं प्रजातन्त्र दिवसको अवसरमा कानुन समाज सेवा नेपाल बाँकेको आयोजनामा विभिन्न संघ सस्थाहरुको सहयोगमा दीप प्रज्वलन गरिएको छ ।
सोमबार साँझ ६:३० बजेको समयमा स्थानीय बि.पी. चोकमा जम्मा भएर दीप प्रज्वलन गरिएको हो । देशमा प्रजातन्त्र स्थापनाका लागि पनि धेरैले ज्यानको प्रभाव नगरी १०४ वर्षको जहानीया राणा शासन अन्त्य गरिएको दिनलाई खुसीयाली साथ मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना गर्न बि.पी.कोइरालाको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ ।

कानुन समाज सेवा नेपाल, हरपलप होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर, यात्रा मिडिया हाउस, महिला तथा बालबालिका संस्था लगायतको सहकार्य रहेको थियोे ।
समाजसेवी जितजङ्ग कट्टेलले सञ्चालन गरेको उक्त दीप प्रज्वलन कार्यक्रममा बालअधिकार कर्मी शाहिल अन्सारी, मानवता नेपाल बाँकेकि उपाध्यक्ष सुमन गिरी श्रेष्ठ,महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका स्ववियु सचिव हरेन्द्र बि.क., समाजसेवी राजकुमार चौधरी कानुन समाज सेवाका अध्यक्ष छत्र सुनारले शुभकामना मन्तव्य राखेका थिए ।


