देशको माया

विचार/व्लग

पटकपटक बग्यो रगत भोगेकै हो कहर ।
बदलियकै हो व्यवस्था पाएकै हो अवसर।।
जनताको अवस्था कोही बदल्न सकेन ।
सत्कर्मले जनमनमा  फुल्न सकेन ।।

धनसम्पत्ति जल्दा सबै छोडी भाग्नु पर्ने रैछ ।
पावर र पहुँचको गफ मान्छे व्यर्थ गर्ने रैछ ।।
राजालाई नि जनता बनाइदियो समयले ।
नेतालाई नि अवसर दिएकै थियो समयले ।।

आन्दोलनमा अवसरवादी घुसपैठ हुन्छन् ।
चिन्नुपर्छ उनीहरू आफ्नो स्वार्थ चुन्छन् ।।
राष्ट्रिय सम्पत्तिहरू चाहिँ जोगाउन पर्ने।
युगले पक्कै बनाउने छ यो पछुतो गर्ने ।।

स्वाभिमान नगुमोस् र गरिखान पाओस् ।
भुँइमान्छेलाई के भयो र जुन व्यवस्था आओस् ।।
छैन निद्रा चैन अचेल सोंच्छु जतिखेरै ।
सबैभन्दा लाग्दो रहेछ देशको माया धेरै ।।
✍️ दीपेन्द्रराज अधिकारी प्युठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *