ए विकासे ठेकेदारहरु !

विचार/व्लग

प्रकृतिको छातीमा डोजर चलाउँदै
चिल्लो बाटोको सपना देख्नेहरु !
हरिया विरुवाहरुलाई स्वत्तर पार्दै
विकासे नाम दिनेहरु !
सेवक बन्छु भन्दै स्काभेटर किनी ठेकेदार बन्ने जनप्रतिनिधिहरु !
वर्षा ऋतुमा पनि निलो आकासले तिमीलाई जिस्काउँदै भन्छ –
खै तिम्रो ढुङ्गे धाराहरु !
खै तिम्रो पानी पधेराहरु !
खै तिम्रो हरिया फरिया लगाएका चुरेहरु !
अस्ति झै लाग्छ –
तिजु , कुसुम , जामुन खाँदै
पाकेको बेलको सर्वत पिएको !
कोइलीको कुहुकुहु को धुनसँगै
काफल र ऐंसेलु खाएको !
मिठो आँपको स्वाद सँगै
वर्षाको यौवनको भेलमा मात्तिएको !
विडम्बना !
यी सबै दन्त्य कथाको पात्र झै भएको छ !
त्यसैले त वर्षा ऋतुमा पनि निलो आकासले तिमीलाई जिस्काउँदै भन्छ
खैं तिम्रो मैना चरी
खै तिम्रो भँगेरी चरी
खै तिम्रो गिद्द चरी
उफ! उफ!
ए विकासे ठेकेदारहरु !
छोडिदेऊ धर्तीलाई बलत्कार गर्न !
निलो आकाशसँगै जिस्किएर ,
आफ्नै सभ्यताको लिलाम गर्न !
आफ्नै सभ्यताको लिलाम गर्न !

 कमल खनाल              
 जानकी ३, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *