जेन जी. का नेता  सुदन गुरुङलाई  पत्र

विचार/व्लग

प्रिय जेन जी छोरा सुदन गुरुङ,
तिमीलाई मैले जन्म नदिए पनि तिमी नेपाल आमाको छोरा हौ र म पनि एक आमा हुँ ।
सर्वप्रथम त तिमी जस्तो सन्तान जन्माउने तिम्री आमा र नेपाल आमालाई नमन गर्दछु ।
        जब नारीको  कोखमा एउटा पुरुषको शुक्रकिट प्रवेश गर्छ तब मानव बन्न सुरु गर्छ मानिसको रुप लिएर जन्मेकाजति  सबै मान्छेहरु  मानव  बन्दैनन्।
     तर तिमी असली मानव बनेर ईतिहास कोरेका छौ त्यस्कोलागि तिमीलाई म एक आमाको आशिर्वाद तिमीले देशको निम्ति देखेका सुन्दर सपनाहरु  सबै साकार बनुन्  शुभकामनाको साथमा  फेरि पनि आशिर्वाद छ तिमीलाई ।
          बर्षौ देखि खाने थलो बनाएर सत्तारुपी सिनोमा र्‍याल काढेका नेताहरुले देश कंगाल बनाउदा समेत  निरीह जनता टुलुटुलु हेरेर बस्नु सिवाय केही उपाए नभएको बेला यो निरंकुश भ्रष्टाचार तानाशाह सरकारको प्रतिकारको रुपमा जुन योजना बनायौ यो चानचुने कुरा होईन । यसकोलागि  तिमीलाई सेलुट भन्न  चाहान्छु ।
           सुदन बाबु  तिमी  पत्रकार सम्मेलनमा मुटु भक्कानो पारेर बोल्न सकेनौ आँसु रोक्न खोज्दा  थाम्न खोज्दा पनि तिम्रा आँसु थामिएका थिएनन् रोकिएका थिएनन् । ती आँसु पुच्छने रुमालसम्म तिम्रो साथमा थिएन दुबै हातले आँसु पुछिरहेको दृश्यले म आमाको मन छिया छिया भएको छ ।
          छोरामान्छेले हरेक पीडा दबाउन सक्छन् तर आँसु झार्दैनन्  भन्ने कुरालाई चिरफार गरिदियो तिम्रो आँसुले । छोरा मान्छेमा गहिरो चोट लागेपछि आँसु रोकेर कहाँ रोक्न सकिन्थ्यो र त्यत्रो मर्द छोराको आँसु भित्र भ्रष्टाचारले आजित भएका करोड नेपालीको क्रन्दन सहिदहरुका चीत्कार गुन्जिरहेको प्रतीत हुन्थ्यो  ।
             जब तिमी सितल निवास प्रधानमन्त्रीलाई सपथ खुवाउने ठाउँमा थियौ त्यहा तिम्रो मुहारमा जिम्मेवारीका बादलहरु मडारिरहेको  प्रतीत हुन्थ्यो । तिम्रो मन भारी थियो । त्यँहा उपस्थित सबैले आआफ्नो संस्कार अनुसार नमस्कार , हात मिलाउने कार्य गर्दै बधाई दिदै गए । जब तिम्रो पालो आयो तब तिमीले शुशीलाआमा यानिकी प्रधानमन्त्रीको गोडा ढोग्यौ यो तिम्रो असल संस्कार भित्र थुप्रै पुकारहरु भएको प्रतीत हुन्थ्यो ।
            यो संकटको घडिमा युवा पुस्ताको निम्ति सतिसाल भएर खडा भैदिएको गुनको बदलामा भर्खरै मात्र  प्रधान मन्त्री पदमा सपथ खाएकी प्रधानमन्त्री शुशीला कार्कीको पाउँमा   निहुरीएको तिम्रो शिर ,  नेपाल आमा बचाई दिनको लागि एक आमाको बचाउको लागि अर्कि आमाको पाउ मोलिरहेको यो दृश्य चानचुने कुरा होईन ।अर्कोतिर ती सहिद भएका भाईहरुको आत्मा शान्तिको पुकार मिश्रित क्रन्दन थियो त्यो ढोगभित्र ,   नेपाल बनाउछु भन्दा ध्वंस पारिदिएका दुश्मनहरुको कर्तुतले ईतिहास जलाईदिएको आगाको लप्का थियो जुन निभाउनु छ त्यस्को प्रायश्चित  थियो तिम्रो त्यो ढोग भित्र भने मुख्य कुरा एउटा असल संस्कार झल्किरहेको पनि थियो ।
           राजनीति भित्र असल संस्कार हुनुपर्छ असल संस्कारले असल चेतनाको विकास गर्छ असल चेतनाले मानवीय भावना उत्पन्न गर्छ मानवीय भावनाभित्र प्रेम , दया ,माया, करुणा हुन्छ दया , माया र करुणाभित्र निश्पक्षता हुन्छ त्यसैले यो तिम्रो संस्कार नेपालको बिग्रेको राजनीति सुधार्ने अस्त्र बन्ने नै छ ।
             मलाई थाहा छ तिमीले विश्वको ईतिहास अध्यायन गरेका छौ र अझै गर्ने छौ ! हिजो  दोश्रो विश्व युद्धले सखाप भएको जापान १९६९ – ७० को दशकमा विश्वकै आर्थिक शक्ति बन्यो । पश्चिम जर्मन , दक्षिण कोरिया , सिंगापुर , भियतनामा जस्ता देशहरु आज विश्वमै उदाहरणीय बनेका छन् त्यसैले अब असल नेतृत्व चयन गरि विश्वमा यो ईतिहास अनुकरणीय बनेर रहनेछ ।हिजोको ईतिहासको साथमा आजको यो ईतिहास शिरमा राखेर युगौ युग देश मुस्कुराईरहन सकोस् यहि कामना ।
              अन्त्यमा एक छोरामा हुनुपर्ने असल संस्कार हरेक नेपाली छोराले तिमीबाट सिकुन भन्दै अहिलेलाई यो पत्र बन्द गर्दछु
म एक आमा सानु गुल्मेली
मिति = २०८२/५/२८
प्युठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *