नेपालगन्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले आज बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बन कार्यालय नजिकै निशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ ।
समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर , मानवता नेपाल बाँके र मध्यपश्चिम पोलि क्लिनिक नामका संघसंस्थाहरुले संयुक्तरूपमा उक्त नि:शुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम आयोजना गरेका थिए ।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उक्त कार्यक्रममा बिरामीहरुले चिकित्सक सहितको सेवा लिएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टकि अध्यक्ष ला- सुमन गिरीले बताउनुभयो ।
सुर्खेत रोड स्थित रामेक्ष्वरी फार्मेसीमा फिजिसियन डा- सलामत खानले बिरामी जाच्नु भएको थियोे । उक्त शिविरमा उक्त फार्मेसी कि प्रोप्राइटर बेबी मण्डलले व्यवस्थापन गर्नु भएको लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण कि अध्यक्ष हिरा खरालले बताउनुभयो ।
कार्यक्रममा मानवता नेपाल बाँके कि अध्यक्ष अम्बिका काफ्लेले सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यहरु गर्नका लागि अनुरोध गर्दै आफुले सक्ने सहयोग गर्ने बताएकी थिइन् ।
प्रत्येक शनिबार बिहान यी संस्थाहरुले नेपालगन्जका चोकचोकमा निशुल्क स्वास्थ्य चेकजाँच गरी रहेका छन् । जसका लागि नेपालगन्जको सदरलाईनमा रहेको मध्यपश्चिम पोलिक्लिनिक प्रा- लि- ले सुगर जाँचका लागि निशुल्क सहयोग गरि रहेको छ ।
उक्त स्वास्थ्य शिविरमा होलस्टिक होम केयर नेपालगन्जको टीमले रगत संकलन देखि प्राविधिक सहयोग, मानवता नेपाल बाँकेको सहयोग, थ्रि आर इको ग्रिन नेचर नामक संस्थाको पनि प्राविधिक सहयोग गरेका थिए ।



