यात्रामा आईपर्ने
अनेकौं वनस्पतिका काँडाबाट
गग्रेठ र भतभत पोलिने वालुवाबाट
बग्रेल्ती परेर रहेका अवरोध छिचुलेर
मलाई सहज यात्रामा डोर्याउन
मैले नै तिमीलाई नै रोजेकी थिएँ ।
तिम्रो झुक्याई छल्याईको योजना
मलाई के थाहा
बिचरी म निर्धक्क तिम्रो विश्वासमा
संसार विचरण गर्न तम्सेकी
तिमीलाई मेरो अभिन्न मित्र सम्झेर
निर्वाधरुपमा आफुलाई यो पृथ्वीमा
उभ्याउन चाहान्थे र उभिएकी थिएँ
त्यसैले मैले तिमीलाई नै रोजेकी थिए ।

तिम्रै सहाएताले गोडा उभिएका थिए
पैतलाले सुरक्षाको महसुस गरेकै थिए
मलाई विजयी गराउन तिम्रो अहम् भूमिका
मैले वर्णन गरेरै सक्दिन
तिम्रै कारण पटपटक
निधारले विजयको टीका
अनि घाटिले माला पहिरी सक्यो
अझै माईलको यात्रा गर्न तिमीलाई नै रोजेकी थिएँ ।
तिमी कति निर्दयी
यात्रा कति माईलको तय गरेकी थिएँ
तिमीले थाहै नपाए झै गर्यौ
मलाई मेरै आग्नाँ पछार्यौ
मेरो हज्जारौं माईलको यात्रा लघार्यौ
मलाई लङ्गडो बनाएर
मलाई बन्दकोठामा सिमित बनाएर
तिमी त जुत्तै जुत्ताको जमातमा थन्केर बस्यौ ।
मेरो चप्पल मेरो !
सानु गुल्मेली