नेपालगन्ज : योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारीताको बारेमा बाँकेको नेपालगन्जमा शुक्रबार वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ
सामाजिक सुरक्षा कोषको आयोजनामा तथा नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा उक्त कार्यक्रम भएको हो । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कबिराज अधिकारीको अध्यक्षतामा तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न उद्योगका उद्योगपति, ट्रेड युनियनका नेता, श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कोषका निर्देशक उत्तमराज नेपालले स्लाइड मार्फत हालसम्म कोषले गरेको प्रगतिविवरण र कोषले दिने सेवा सुविधा, कोषको ऐनका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । श्रम ऐन तथा सामाजिक सुरक्षा कोषको ऐनमा निजी क्षेत्रका प्रत्येक उद्योगहरु अनिवार्य रुपमा कोषमा आबद्ध हुनुपर्ने व्यवस्था भएको हुदा ढिलो नगरी कोषमा सुचिकृत हुन् सबै वक्ताहरुको जोड थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले प्रत्येक उद्योग कलकारखाना लगायतका संघसंस्थाहरु कोषमा सुचिकृत हुनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । उहाँले अब सरकार यसतर्फ कडाइका साथ लाग्नेका जोड दिनुभएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष चिरञ्जीवी वलीले कार्यक्रममा बोल्दै धेरै उद्योगीहरुले कोषको बारेमा नबुझेको हुदा कार्यक्रमबाट स्पष्ट भएको बताउदै हजारौंको संख्यामा विदेश जाने युवायुवतीहरुलाई स्वदेशमै रोक्न कोष कोसेढुङ्गा हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थितहरुले औसधि उपचारका क्रममा भएको समस्याबारेमा केही जिज्ञासा राखेका थिए उक्त जिज्ञासाको बारेमा जवाफ दिदै नेपालगन्ज मेडिकल कलेज कोहलपुरका उप निर्देशक् डा. दिनेश श्रेष्ठले कोषले उपलब्ध गराउने औषधि जेनेटिक नामबाट वा दुईचार वटा राम्रो कम्पनीको औसधि औसधि व्यवस्था विभागसंग सहकार्य गरेर सम्बन्धित अस्पतालमा सिफारिस गरेमा सेवाग्राहीले राम्रो उपचार पाउने बताउनुभयो । स्वास्थ्य बीमाको जस्तो कमसल मेडिसिन भन्दा पनि राम्रो ब्राण्डेड मेडिसिन चलाउन पाए बिरामी पनि छिटो सन्चो हुने उहाँको धारणा थियो ।
जेटियुसिसी लुम्बिनी प्रदेश अध्यक्ष बसन्त मल्लले सबै उद्योग कलकारखानालाई अनिवार्य रुपमा कोषमा सुचिकृत गराउन सरकारले कोषलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कोषका उप कार्यकारी निर्देशक कृष्ण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न उद्योगबाट उपस्थित हुनुभएका उद्योगी, ट्रेड युनियनका नेताहरुले कोषको सेवा सुविधा र थप कार्यक्रमका बारेमा सल्लाह सुझाव दिएका थिए ।
उक्त कार्यक्रम उद्योगपति कन्हैयालाल वैद्य, जिफन्टका नेता पुर्ण बहादुर के.सी., अन्टुफ बाँकेका अध्यक्ष हजरत अलि साइ, अन्टुफ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त मल्ल, पत्रकार केपी घिमिरे लगायतले आफ्नो जिज्ञासा राखेका थिए ।

