मुगु घटनाका घाइतेहरुलाई भेट्न शिक्षण अस्पताल कोहलपुरमा पुगे : मन्त्री शर्मा

मुख्य खबर

नेपालगन्ज : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल)ले मुगुमा बस  दुर्घटनाका भएका घाईतेहरुसँग भेट गरेका छन । लुम्बिनी  प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक गृहजिल्ला बर्दिया जाने क्रममा मन्त्री शर्माले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेका घाईतेहरुलाई भेट्न पुगेका थिए । मन्त्रीसंगै अनेरास्ववियु क्रान्तिकारीकि केन्द्रीय अध्यक्ष पञ्चा सिंह पनि अस्पताल पुगेकी थिइन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज समेत रहेका मन्त्री शर्माले अस्पतालमा उपचाररत रहेका  बिरामीहरूलाई हौसला दिएका थिए । घाईतेहरुसँगको भेटका क्रममा मन्त्री शर्माले मेडिकल कलेजका प्रबन्ध संचालक डा. सुरेश कुमार कानोडियासँग घाईते बिरामीहरूलाई आवस्यक उपचारमा कुनै पनि कमी हुन नदिन निर्देशन समेत दिएका थिए ।

यसैबिच मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आएका शर्मालाई नेकपा माओवादी केन्द्र बर्दिया जिल्ला अध्यक्ष भवन कुमार चौधरी, जिल्ला सचिवालय सदस्य एवं बढैयाताल इन्चार्ज राधा आचार्य (बबिता) लगायतका नेता तथा कार्यकर्ताले बाँसगढीमा स्वागत तथा सम्मान गरेका छन् । मन्त्री शर्माले बर्दियाको गुलरीयामा रहेको सहिद पार्कमा रहेको सहिद स्तम्भमा माल्यार्पण गर्ने कार्यक्रम रहेको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *