२६ लाख नगद सहित कर अधिकृत विमानस्थलमा पक्राउ

अर्थ / बाणिज्य मुख्य खबर

नेपालगन्ज : नेपालगञ्ज विमानस्थलबाट एक कर अधिकृत २६ लाख नगद सहित पक्राउ परेका छन् भने अर्को अधिकृत फरार भएका छन् । आन्तरिक राजस्व कार्यालयमा काम गर्ने अधिकृत पक्राउ परेको प्रहरीले जनाएको छ ।

खगेन्द्र सापकोटा नाम भएका कर अधिकृत २६ लाख रुपैयाँ सहित पक्राउ परेको प्रहरीले जनाएको छ भने अर्का अधिकृत दिपक पौडेल भाग्न सफल भएको विमानस्थल स्रोतले जनाएको छ । उनीहरु दुवै सो रकम साथमा बोकेर काठमाडौं जान लागेका थिए । काठमाडौं जानेक्रममा नेपालगन्ज विमानस्थलमा सुरक्षाका क्रममा पक्राउ भएको थियो । थप विवरण अनुसन्धान पछि खुल्ने स्रोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *