कक्षा ११ र १२ मा अध्ययनका लागि सबैको रोजाइ बन्दै नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : नेपालमै उत्कृष्ट शिक्षा दिएको भन्दै पुरस्कृत भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेजमा कक्षा ११ मा भर्ना हुनका लागि विद्यार्थीको रोजाइ बनेको छ ।

उक्त विद्यालयमा साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकाय, व्यवस्थापन संकायमा अध्यापन हुने गरेको छ । विद्यालयमा रहेको प्रयोगशाला, ल्याव, विद्यालयको शान्त बाताबरण, उत्कृष्ट नतिजा र पठनपाठनमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिका भएको हुदा सबैको रोजाइमा विद्यालय परेको विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो ।

विद्यालयमा पढाइका साथसाथै अतिरिक्त क्रियाकलाप, होटल भिजिट, स्काउट, लगायतका कार्यक्रममा पनि विद्यालयले अन्य विद्यालयको तुलनामा बढी गर्ने गरेको अध्ययनरत विद्यार्थीहरुले बताए । कक्षा ११ मा भर्ना हुनका लागि दुईपटक प्रवेश परीक्षा लिइसकेको अझै एक पटक लिनुपर्ने अवस्था आएको छ । विद्यार्थीहरुले हामीलाई यहीँ भर्ना गर्नुपर्छ भनेर आइसकेपछि पुनः प्रवेश परीक्षा लिनुपर्ने विद्यालयका संयोजक खुमलाल शर्माले बताउनुभयो ।

कक्षा ११ मा भर्नाका लागि मात्र होइन केही विद्यार्थीहरुले काठमाडौंबाट समेत यस विद्यालयमा   ट्रान्सफर गर्नका लागि फोन  गरिरहेको विद्यालयका प्रिन्सिपल मान बहादुर थापाले बताउनुभयो ।  विद्यालयमा भर्ना हुनका लागि दैनिक २०/२५ जना विद्यार्थीहरु आउने गरेको अब केही सिट मात्र खाली रहेको प्रमुख भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *