नेपालगन्ज : प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेको आयाेजनामा नेपालगन्ज उप-महानगरपालिका १० स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रमा शुभकामना आदानप्रदान तथा पत्रकारहरुको नाक, कान, घाटीको नि:शुल्क चेक जाँच गरिएको हाे ।
असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र र प्रेस सेन्टर नेपाल बाँकेको सहकार्यमा निशुल्क शिविर गरिएको हाे । स्वास्थ्य शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ तथा वरिष्ठ डा. प्रकाश बसेलले चेक जाँच तथा औसधि बितरणमा सहजिकरण गर्नुभएकाे हाे ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको कार्यक्रममा शुभकामना दिदै नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदीले `प्रेस सेन्टर नेपालको गौरवपुर्ण इतिहास भएको र श्रमजीवी पत्रकारहरुको पक्षमा र समाज रुपान्तरणमा कलमको माध्यमबाट क्रान्ति गर्दै आइरहेको संगठन हो र प्रेस सेन्टर प्रति जनताको आशा बिश्वास छ त्यो बचाइ राख्न नेतृत्वलाई सुझाव दिनु भएकाे छ ।
यसैगरी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे `जेम्स´ले `प्रेस सेन्टरले रचनात्मक कार्य गर्दै आइरहेको र आज स्थापना दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेर नौलो र हरेक नागरिकको जीवनसँग जोडिएको स्वास्थ्य चेकजाँच पनि महत्वपूर्ण र ऐतिहासिक भएकाे बताउनु भयाे ।´
यसै गरि प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, केन्द्रीय सदस्य शिव सुनार, केन्द्रीय नीति तथा परामर्स सदस्य सुशील लामिछानेले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।
यस्तै नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस चौतारी नेपाल बाँके जिल्ला अध्यक्ष कमल डाँगी लगायतले शुभकामना दिनुभयो ।
आज भएकाे निशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ तथा वरिष्ठ डा. प्रकाश बसेलले ५० जना पत्रकारहरुलाई निशुल्क चेक जाँच तथा औषधि वितरण गरेको बताउनु भयो ।
डा. बसेलले भन्नुभयो `डाक्टरको काम उपचार गर्ने हो, पत्रकारको काम लेख्ने भएकाले धेरै दुख गर्नुपर्छ न्युजको लागि जस्तो सुकै संघर्ष गरिरहेका हुन्छ । धुलो धुवाले स्वास्थ्यमा असर गरिरहेको हुन्छ । त्यसैले स्वास्थ्य चेकजाँच गर्दा समयमै स्वास्थ्यको बारेमा थाहाँ हुन्छ सोही अनुसार औषधि उपचार गर्नु उत्तम रहने सुझाव दिनुभएकाे थियाे ।´
उक्त सिविरमा स्वास्थ्य केन्द्रका कर्मचारी रितु पाण्डे, सबिना चौधरी, ललितराम थारु लगाएतले शिविरमा सहयोग रहेकाे थियाे ।
प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको कार्यक्रम संचालन जिल्ला समन्वय समिति बाँके सचिव पुष्प राज हमालले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सभापतित्व सेन्टरका बाँके जिल्ला अध्यक्ष चन्द्र बाेहराले गर्नु भएकाे थियाे ।