मानवता नेपाल बाँकेद्वारा भुकम्पमा परी घाइते बिरामी र कुरुवालाई अस्पतालमा भोजनको व्यवस्था

अर्थ / बाणिज्य स्वास्थ्य/ खेलकुद

नेपालगन्ज – छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको मानवता नेपाल बाँकेले गत शुक्रबार जाजरकोट र रुकुम पश्चिममा भुकम्पमा परी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बिरामी र उनका कुरुवाहरुलाई खाना नास्ताको व्यवस्था गरेको छ ।

मानवता नेपाल बाँकेका कार्यसमिति सदस्यहरुले थोरै थोरै आर्थिक उठाएर बुधबार भेरी अस्पतालमा निशुल्क खानाको व्यवस्था गरिरहेको अन्जली माता रस‍ोईलाई रु १० हजार नगद हस्तान्तरण गरिएको थियो ।

भुकम्पमा परी घाइते र नीजका कुरुवालाई कसरी सहयोग गर्न सकिन्छ भनेर उक्त संस्थाका सञ्चालकसंग कुराकानी गर्दा उहाँहरुलाई हामी एकै किसिमको खाना खुवाउछौं हजुरहरुले नगद नै सहयोग गर्नुस भनेपछि नगद सहयोग हस्तान्तरण गरेको संस्थाका अध्यक्ष मधुसूदन अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *