नेपाल नर्सिङ संघ बाँकेले पायो नयाँ नेतृत्व अध्यक्षमा शर्मा


नेपालगन्ज : नर्सिङहरुको हकहितका लागि स्थापना गरिएको नेपाल नर्सिङ संघ नान बाँकेले नयाँ नेतृत्व पाएको छ । जसको अध्यक्षमा शिला शर्मा सर्वसम्मत चयन हुनु भएको छ ।

लामो समयसम्म अधिबेशन हुन नसकेको बाँकेमा १० वर्षपछि नेतृत्व परिवर्तन भएको छ । नयाँ पदाधिकारीमा अध्यक्ष पदमा शिला शर्मा, उपाध्यक्ष पदमा सुमन गिरी, सचिव पदमा शर्मिला थापा, कोषाध्यक्ष पदमा बिष्णु श्रेष्ठ, सदस्यहरुमा क्रमश दिबेश्वरी न्यौपाने, पुष्पा गुरुङ श्रृष्टि श्रेष्ठ, बिन्दु शर्मा, तुलसी परियार, उषा देवकोटा, कैहकशानुर खान, झसुन्द्रा के.सी, गौरी पोख्रेल, पार्वती सोमै, अमृता शाही सर्वसम्मत चयन भएका छन् ।

विगत लामो समय देखि बाँकेमा लक्ष्मी केसीको नेतृत्वमा नानले आफ्ना कार्यहरू गर्दै आइरहेको थियो । नयाँ नेतृत्वसंगै चुनौती पनि थपिएको अध्यक्ष शर्माले बताउनुभयो । नर्सिङका धेरै समस्याहरु रहेका छन् हामीले बाँकेमा सरकारी तथा निजीमा काम गर्ने नर्सिङलाई मिलाएर कमिटी गठन गरेका छौं यसले समस्या समाधान गर्नमा मद्दत पुग्ने नवनिर्वाचित अध्यक्ष शर्माले बताउनुभयो ।

अहिलेको नर्सिङ संघमा विभित्र क्षेत्रमा काम गरेका खारिएका नेतृत्वहरु भएको हुदाँ नर्सिङका समस्याहरुमा आवाज उठाउनेमा विश्वस्त रहेको नर्सिङ कर्मचारीहरुले बताएका छन् । अहिलेपनि प्राइभेट अस्पतालमा काम गर्ने नर्सिङ कर्मचारीहरुले न्युनतम तलवमा काम गरिरहेको अवस्थामा नयाँ नेतृत्वले त्यसको विषयमा कसरी अगाडि बढ्छ हेर्न बाकी रहेको एकजना नाम नबताउने शर्तमा नर्सिङ कर्मचारीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *