जि.भि.एन. एक्स्पो २०८१ फरक तरिकाले मनाए विद्यार्थीहरुले



नेपालगन्ज : शिक्षाको क्षेत्रमा नर्सरी कक्षादेखि १२ कक्षासम्म  आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. मा.वि. नेपालगन्जले जि.भि.एन. एक्स्पो २०८१ भव्य रुपमा सम्पन्न गरेको छ ।

विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले सोमबार विद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रम गरेर मनाएका छन् । विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले उक्त कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरको ब्लड प्रेसर नाप्ने, ब्लड ग्रुप छुट्याउने, बि.पी. लिने काम गर्नुका साथै पानी जहाज लगायतका शैक्षिक प्रदर्शनी देखाएका थिए ।

त्यसैगरी उक्त विद्यालयमा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले फुड फेस्टिबल गरि कार्यक्रम मनाएका छन् । विभिन्न ८ भन्दा बढी ३ स्टार होटलमा बनाइने परिकारहरु बनाएका थिए । कम्प्युटर साइन्स विषय लिएर अध्ययनरत विद्यार्थीहरुले ड्रोन बनाएर उडाएका थिए ।  व्यवस्थापन विषय लिएर अध्ययनरत विद्यार्थीहरुले विभित्र किसिमका ह्यान्ड मेड सामाग्री बनाएर बिक्रीवितरण गरेका थिए ।  विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत देखाएका  थिए ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा समन्वयका प्रमुख गोर्ख बहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा जिल्ला समन्वय समितिका अधिकृत लोकेन्द्र शाही रहनु भएको थियोे । उक्त शैक्षिक प्रदर्शनीमा बोल्दै बिशिस्ट अतिथि शाहीले विद्यालयले बाँके जिल्लामा अन्य विद्यालयको तुलनामा व्यवहारिक शिक्षामा बढी जोड दिएको बताउदै खुसी व्यक्त गर्नुभयो । प्रमुख अतिथि थापाले जि.भि.एन. मा.वि. बाँके जिल्लामा शिक्षाका साथसाथै अतिरिक्त क्रियाकलापका साथै व्यवहारिक शिक्षामा अग्रणी स्थानमा रहेको बताउनुभयो । उहाँहरुले विद्यार्थीहरुले बनाएका चित्रकला, ड्रोन, पानी जहाज लगायतको  अवलोकन गर्नुका साथै विद्यार्थीहरुले पकाएको खानाका परिकारहरुको स्वाद लिनु भएको थियोे । उक्त एक्स्पोमा अन्य विद्यालयबाट अवलोकन गर्न विद्यार्थीहरुपनि उपस्थित भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल मान बहादुर थापा, सिइयो गणेश भण्डारी, जगत ज्योति मा.वि. का प्रधानाध्यापक इश्वर पौडेल , विद्यालयका संयोजक खुमलाल  शर्मा लगायतका शिक्षक, पत्रकार, कर्मचारीहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *