जि.भि.एन.का विद्यार्थीलाई शुक्रबारको दिन जीवन उपयोगी शिक्षा अन्तर्गत दुना टपरी बनाउन सिकाउदै

जीवनशैली लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज – शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. मा.वि. नेपालगन्जमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबारको दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत दुना टपरी बनाउन सिकाइएको छ ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक विषय पढाउने शिक्षक भरत पोखरेलले जीवन उपयोगी शिक्षा अन्तर्गत दुना टपरी बनाउन सिकाएको बताउनुभयो ।

उक्त विद्यालयले विद्यार्थीहरुलाई बेलाबेलामा विभिन्न ठाउँको शैक्षिक अवलोकन (भिजिट) गराउनु साथसाथै अतिरिक्त क्रियाकलापमा जोड दिइएको उक्त विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो । उहाँले विद्यार्थीहरुले कम्तीमा पनि शिक्षाको साथसाथै दैनिक जीवनमा प्रयोगमा आउने कुराहरू पनि सिक्न र सिकाउनु जरुरी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *