ब्रीटिस ईको क्लबले बर्दियाको ठाकुरद्वारामा बृक्षारोपण 



बर्दिया – ब्रीटिस ईको क्लबले वातावरण  संरक्षण र हरियाली प्रवर्द्धनको उद्देश्यसहित ब्रीटिस ईङ्लिस बोर्डिङ्ग स्कुल नेपालगन्जको  ईको क्लबले नमस्ते बर्दिया रिसोर्ट परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वर, पिपल, निम, अर्जुन, अम्बा, र जाखरन्डा प्रजातिका एक दर्जन बढी  बिरुवा लगाएका छ्न। क्लबका अध्यक्ष जयन्द्र साहिका अनुसार यी बिरुवाहरूले चरा र जीवजन्तुका लागि सुरक्षित आश्रयस्थल निर्माण गर्नुका साथै हरित वातावरण प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

यस अवसरमा ब्रीटिस ईङ्लिस बोर्डिङ स्कूल, नेपालगन्जका प्रधानाध्यापक हेमन्त राज काफले  विद्यार्थीलाई जानकारी दिदै  ब्रीटिस ईको क्लब डब्लु डब्लु एफका डाईरेक्टर डाक्टर  घनस्याम गुरुङलाई  धन्यवाद दिएका थिए विद्यालयमा  ईको क्लब बनाउन उहाँको ठूलो प्रेरणा रहेको बताए उनले भने  विद्यालय परिसर, बागेश्वरी मन्दिर सरसफाइ, बसपार्क सरसफाइ र कान्ति ताल संरक्षण जस्ता विविध कार्यक्रमहरू सञ्चालन गर्दै वातावरणीय संरक्षणमा सक्रिय भूमिका खेल्दै आएको बताए। प्रधानाध्यापक काफले भने, “हामीले संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धिका लागि विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागी गराउँदै, दिगो वातावरणीय विकासतर्फ कदम चालेका छौं।”

कार्यक्रमका सहभागीहरूले बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणसमेत गरेका छन्। भ्रमणका क्रममा संरक्षणको महत्वबारे थप जानकारी लिँदै, स्थानीय जैविक विविधता र पर्यावरणीय सन्तुलनका विषयमा ज्ञान आदान-प्रदान गरिएको बिधालयका अध्यक्ष निरज शाहले विद्यार्थीलाई बाताबरण संरक्षणको महत्त्वको बारेमा बताएका थिए ।

स्थानीय समुदाय र विद्यार्थीहरूलाई वातावरणीय संरक्षणमा प्रेरित गर्ने प्रयास भएको यो अभियानले चरा, जीवजन्तु, र जैविक विविधताका लागि अनुकूल वातावरण निर्माण गर्ने मात्र होइन, स्थानीय समुदायलाई वातावरणीय चेतनासहित हरित भविष्य निर्माणमा प्रेरित गर्ने र  ब्रीटिस ईको क्लबले यस्ता गतिविधिहरूलाई दीर्घकालीन रूपमा अगाडि बढाउँदै, दिगो विकास र हरियालीको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *