नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रमा एकमात्र प्राइभेट मेडिकल कलेज स्थापना गरेर हजारौं चिकित्सक उत्पादन गरेको नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक जसलाई उक्त कलेजका पिता पनि भन्ने गरिन्छ डा. सुरेश कुमार कानोडिया बिरामीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नको लागि आफै बेड साइडमा नै पुग्ने गर्नुहुन्छ ।
लामो समय देखि प्रवन्ध सञ्चालकको बागडोर सम्हाल्दै आइरहनु भएको डा. कानोडियाले बिरामीको स्वास्थ्य चेकजाँच त गर्नुहुन्न तर उहाँ बिरामी भर्ना भएको वार्डमा नै गएर सम्पूर्ण रिपोर्ट हेरेर बिरामीहरुलाई सात्वना र सल्लाह दिने काम गर्नुहुन्छ ।

नागरिक पथ सम्पादकले अहिले त चिकित्सकीय सेवा भुल्नु भएको होला भन्ने जिज्ञासामा उहाँले हास्दै त्यो त कहिल्यै भुल्न सकिदैन जसले गर्दा म यो अवस्थामा पुगेको हु उहाँले हास्दै जवाफ फर्काउनु भएको हो ।
गाडीले ठक्कर दिदा खुट्टाको अप्रेसन गरेका ललितपुरका बिरामीको स्वास्थ्य अवस्था बुझ्न उहाँ अस्पतालको प्राइभेट वार्डको बेड साइडमा नै पुग्नु भएको हो ।

