प्याब्सन नेपालगन्ज नगर अधिबेशन सम्पन्न, अध्यक्षमा मान बहादुर थापा



नेपालगन्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नेपालगन्जको नगर अधिवेशन आज सम्पन्न भएको छ   नगर अधिवेशनले मान बहादुर थापा मगरको नेतृत्वमा  नयाँ नेतृत्व सर्व सम्मतले चयन  गरेको छ ।

बिहिवार भएको अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले अभिभावक, विद्यार्थी र शिक्षकबीच प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यशाला गर्ने योजनामा रहेको बताए । उनले डिजिटल प्याब्सन बनाउने अभियानमा लागेको बताउँदै सबै विद्यालयलाई त्यसमा जोडिन आह्वान गरे । उपाध्यक्ष श्रेष्ठले छात्रवृत्ति ऐन परिमार्जन गराउन पहल भइरहेको बताए ।

नेपालगन्ज नगर अध्यक्ष विकास बज्राचार्यको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख अथित्यमा  भएको उद्घाटन सत्रमा हिसान केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेल, प्याब्सनका लुम्बिनी प्रदेश बरिष्ठ उपाध्यक्ष ऋषिकेश जिसी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, प्याब्सन जिल्ला अध्यक्ष यम रावत, प्याब्सन जिल्ला प्रमुख सल्लाहकार राजेन्द्र आचार्य, शिक्षक महासंघ नगर अध्यक्ष सुमोद रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नगर उपाध्यक्ष नरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव मान बहादुर थापाले गरेका थिए ।  प्याब्सन नेपालगन्जमा ५७ विद्यालय आबद्ध छन्
बिहिवार  सम्पन्न अधिवेशनबाट सम्पूर्ण कार्यसमिति निर्विरोध चयन  भएको छ ।

नयाँ कार्यसमिति अनुसार अध्यक्ष पदमा  मानबहादुर थापा उपाध्यक्षमा हेमन्तराज काफ्ले, सचिव विज्ञान शाह, सहसचिव संजिवकुमार गुरुङ, कोषाध्यक्ष मनोहर चन्द र सह-कोषाध्यक्षमा पवन गौतम यस्तै सदस्यहरुमा चेतलाल गिरी, सुशील कुमार बर्मा, ध्रुबराज दाहाल र नमराज शर्मा  निर्विरोध निर्वाचित भएका छन सो कार्यक्रममा नगेन्द्र श्रेष्ठ र हेमन्त राज काफ्लेलाई सम्मान  तथा सम्पुर्ण पुर्व सल्लाहकार तथा पुर्व  कार्यसमितिलाई कदर पत्र  प्रदान गरियको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *