नेपालगन्ज मेडिकल कलेजमा आज आन्दोलनको सातौं दिन

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. अन्तर्ग रहेको नेपालगन्ज मेडिकल कलेजमा कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् आज आन्दोलनको सातौं दिन भएको छ ।

मेडिकल कलेजमा रहेका तीनवटा ट्रेड युनियनले संयुक्तरूपमा २०८१ असार ४ गते त्यहाँको व्यवस्थापन पक्षसँग तलव वृद्धि लगायतका ७ बुदे र ४५ उपबुदा माग राखेका थिए । त्यसपछि त्यहाँको व्यवस्थापन पक्षसँग तीनपटक , श्रम तथा रोजगार कार्यालय नेपालगन्जको रोहबरमा दुईपटक र श्रम तथा व्यवसायजन्य रोजगार विभाग काठमाडौंमा एकपटक वार्ता बसेता पनि बिना निष्कर्ष टुंगोमा नपुगेको हुदा यही मंसिर २६ गतेदेखि पहिलो चरणको आन्दोलन सुरु गरेका थिए ।

आन्दोलनको कार्यक्रम अनुसार त्यहाँ कार्यरत प्राविधिक तथा अप्राविधिक कर्मचारीहरुले मंसिर २६ गतेदेखि ३० गतेसम्म हातमा कालोपट्टी बाधेर काम गरेका थिए । हिजो ३० गते प्रशासन कार्यालय, लेखा लगायतको ठाउँमा तालाबन्दी गरेका छन् ।

पौष १ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको आन्दोलन परिचालन केन्द्रीय कमिटी संयोजक रत्ना गिरीले बताउनुभयो । उहाँका अनुसार व्यवस्थापन पक्षले कर्मचारीहरुका जायज मागहरूलाई पूरा नगरेको हुदा दोस्रो चरणको आन्दोलन सुरु गरिएको बताउनुभयो । हामी वार्ता र छलफलबाट समस्या समाधान गर्न चाहान्छौं तर व्यवस्थापन पक्षको गैर जिम्मेवारबाट बन्दको अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

दोस्रो चरणको आन्दोलनअनुसार पौष १ र २ गते प्रशासन, फाइनान्स, नर्सिङ प्रशासन र एकेडेमी प्रशासन लगायतका सम्पूर्ण प्रशासनिक कार्यालयहरू पूर्णरूपमा तालाबन्दी गर्ने । भोलि पौष ३ र ४ गते पूर्ववत् कार्यक्रमहरुलाई निरन्तरता दिदै दिउँसो १ बजेदेखि आधा दिन ओ.पि.डी. र शैक्षिक कार्यक्रमहरुमा तालाबन्दी गर्ने तर प्रवेश परीक्षा, भर्ना, फाइनल परीक्षा जस्ता कार्यलाई बाधा नपुर्‍याउने जनाएको छ । त्यसैगरी पौष ५ गतेदेखि पूर्ववत् कार्यक्रमहरुलाई निरन्तरता दिदै ओ.पि.डी. र शैक्षिक कार्यक्रमहरुमा पूर्णरूपले तालाबन्दी गर्ने तर उक्त समयमा इमर्जेन्सी तथा आई पी डी सेवा निरन्तर सुचारू रहने जनाइएको छ ।
आज नेपालगन्जमा आन्दोलन केन्द्रीय समन्वय कमिटीका संयोजक अब्दुल हुसेन खानले बोल्दै कर्मचारीहरका जायज माग पूरा गर्न अनुरोध गर्नु भएको छ व्यवस्थापन पक्षले समयमै यसबारे निर्णय नलिए त्यसको जिम्मेवार स्वयं हुने बताउनुभयो । संस्थाले नेपाल सरकार सरह तलव वृद्धि गरेर आन्दोलन अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *