नेपालगन्ज – वाइसीएल बाँकेले २८औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको फुटबल प्रतियोगिताको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले उद्घाटन गर्नु भएको हो ।
उहाँले उक्त कार्यक्रममा बोल्ने क्रममा तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनु भएको थियोे । स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ रहेको छ।
नेपालगन्जमा आइतबार उद्घाटन गर्दै मन्त्री केसीले ‘हामीकहाँ भएका तीनै तहका सरकारबीच समन्वय र सहकार्य अहिलेको प्रमुख आवश्यकता भएको औल्याउँदै ‘तीनै तहबीच समन्वय र सहकार्य भएर काम भए संघीयता कार्यान्वयनमा सहज हुने उहाँको भनाइ रहेको थियो” ।
जनयुद्वकै जगमा अहिलेको व्यवस्था आएको नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य समेत रहेकी मन्त्री केसीले बताइन । ‘जनयुद्वकै जगमा अहिलेको संघीय गणतन्त्र नेपाल भएको हो । दुःख गरेर ल्याएको व्यवस्थालाई बलियो बनाउन तपाई युवाहरुको समेत महत्वपूर्ण भूमिका हुन्छ’ उहांले भन्नुभयो ।
देश विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री केसीले सोहीअनुसार भूमिका समेत निभाउनुपर्नेमा जोड दिनु भएको थियोे । ‘युवाको तातो जोश र जाँगरलाई विवेकमा बदलेर साँच्चिकै समाजको नेतृत्व गर्न सक्नुपर्नेमा उहाँको जोड थियोे । युवा साथीहरु साँच्चिकै विवेकको रुपान्तरण गर्दै युवाले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ उहाँले भन्नुभयो ।’
देशको आमूल परिवर्तनका लागि युवाहरुले भूमिका खेल्छन् भन्ने विश्वास समाजलाई दिलाउनुपर्ने मन्त्री केसीले बताउनुभयो । ‘यो देशको परिवर्तनको निमित्त समेत युवाहरुले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने विश्वास समाजलाई दिलाउनुपर्छ’ भन्ने उहाँको भनाइ थियोे ।
उक्त कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य नरेन्द्र न्याैपाने त्यसैगरी वाइसीएल नेपालका केन्द्रिय महासचिव रतन शाही, केन्द्रिय सदस्य दीपक मल्ल, जिल्ला इन्चार्ज शेख, जिल्ला संयोजक आकाश कार्की लगायतको उपस्थितिमा सुरु गरिएको थियो उक्त खेलमा बाँके जिल्लाका संपूर्ण पालिका बाट उपस्थिति भएका थिए।
