विप्लव निकट अखिल (समाजवादी) को बाँकेमा संगठन विस्तार तिव्र


नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी (विप्लव) निकटको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले बाँकेमा आफ्नो संगठन विस्तार गर्न लागि परेको छ ।

नेपालगन्जका सामुदायिक तथा निजी विभिन्न क्याम्पस, कलेज र स्कुल तहमा अभियान सञ्चालन गरेको उक्त संगठनका बाँके जिल्ला संयोजक सागर सेन पौडेलले बताए ।
क्याम्पस तथा विद्यालयहरुमा शिक्षामा सुधार, विद्यार्थीहरु लागु पदार्थ सेवनको कुलतमा नफसुन, देशको बदलिएको राजनीतिक परिस्थितिको बारेमा जानकारी दिने उद्देश्यले प्रशिक्षण दिदै संगठन बनाइएको पौडेलले बताए ।

शिक्षा क्षेत्रमा रहेका विकृति, सामुदायिक विद्यालयमा अध्यापन राम्रोसँग नगरी निजी विद्यालयमा धाउने शिक्षकको बारेमा आफ्नो संगठनलाई बताउन विद्यार्थीहरुलाई अनुरोध समेत गरिएको उनले बताए ।

यसरी अभियान सञ्चालन गर्दा विद्यार्थीहरुमा केही आशा पलाएको पाइएको उनले बताए । नेपालमा समाजवादको आवश्यकता भएको र अहिलेका राजनीतिक दलहरुबाट त्यो सम्भब नभएको हुदा आफ्नो संगठनमा ग‍ोलबन्द हुन सबैलाई अनुरोध गरिएको बताए । उक्त अभियान प्रत्येक विद्यालयहरुमा गरिने जानकारी दिदै उनले हालसम्म महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, मंगल प्रसाद मा.वी., नारायण मा.वी., आदर्श मा.वी. लगायतका क्याम्पस तथा विद्यालयहरुमा गरिसकेको बताए ।

संगठन विस्तार अभियान अन्तर्गत बाँकेका विद्यालयहरूमा रहेका विभिन्न विकृत्ति र विसंगति न्युनिकरण गर्दै रूपान्तरण गर्ने र आम विद्यार्थीहरूलाई अखिल समाजवादीको झण्डामुनि गोलबन्द गर्ने, र बदलिँदो नेपालको राजनीतिक संकट , आर्थिक संकट , युवा पलायन , बेरोजगारी , लागू औसध दुर्ब्यसन , मानव बेच बिखन , भ्रस्टाचार समेत नेपालको शिक्षा प्रणालीमा देखिएका गम्भीर समस्या रहेको बताउदै यस्ता कुराहरुलाई जरै देखि निर्मुल गरि नेपालमा वैज्ञानिक समाजबादी राज्य व्यवस्था ल्यान लड्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *